🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समाजवादी मोर्चाले प्रमुख शहरहरूमा सन्देश सभा गर्ने

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख शहरहरूमा सन्देश सभा गर्ने भएको छ ।

बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने र प्रमुख शहरहरूमा सन्देश सभा गर्ने निणर्य गरेको हो । कुन शहरमा कहिले कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन । 

जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रमुख शहरहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको बताए ।

 ‘मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा भयो । वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ । यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ । तर यसबारे अझै प्रष्टता छैन । मोर्चाकातर्फबाट हामीले देशका प्रमुख शहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निणर्य गरेका छौँ ।’ उनले त्यसबारे बुधबारै बेलुका बस्ने बैठकले थप छलफलपछि निणर्य गर्ने बताए । ‘संविधान र व्यवस्थाकोविरुद्धमा कतिपय शक्तिहरू लागेका छन्, त्यसलाई सरकारले निष्तेज पार्दै पनि लगेको छ,’ नेता श्रेष्ठले भने, ‘सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश पनि पुर्‍याउनुपर्नेछ ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए । 

अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने नेताहरूले जनाएका छन् ।