काठमाडौं, माघ २९ \\ सङ्घीयताको अभ्यास शुरु हुनलाग्दा कमसेकम एउटा प्रदेश (३ नम्बर प्रदेश) मा भएपनि मुख्यमन्त्री महिला हुने भइन् भनेर सबैले स्वागत गरेका थिए।
अष्टलक्ष्मी शाक्य परिपक्व मात्र हैन सक्षम महिला पनि हुन्। तर, उनलाइ हुन दिइएन।
“अध्यक्षज्यूले मसँग, ‘३ नम्बर प्रदेशको मुख्यमन्त्री तपाईं हुनुपर्छ भन्नुभयो। तर, उहाँले त भित्रभित्रै अर्कै उम्मेदवार तैयार गरिसक्नुभएको रहेछ। म सोझीलाइ अत्तोपत्तो भएन।” अष्टलक्ष्मी शाक्यले भनिन्।
“यस्तो अन्याय ममाथि मात्र भएको होइन। महिलामाथि माथि मात्र अन्याय भएको पनि भन्नमिल्दैन। मैले जस्तै त्याग गरेका, दुःख झेलेका, इमान्दारीसाथ जिम्मेवारी निर्वाह गरेका, सङ्घर्ष गरेका महिला हुन् वा पुरुष हुन्, इमान्दारजति सबैमाथि प्रहार भएको छ।” शाक्यले भनिन्।



