🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बैंककमा पूर्वराजासंग शशांकको डिनर मिटिङ्ग ?

काठमाडौं । पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा निकै चुलिएको छ । खासगरी हिन्दू धर्म र राजतन्त्र पुनस्थापनाको प्रयासका सन्दर्भमा । त्यसमा पनि नेकपा नेताहरुले नै यस्तो कुरा गरिरहेका छन् कि व्यवस्था नै परिवर्तनको प्रयास भइरहेको छ र त्यसमा चनाखो हुनुपर्छ । त्यही हल्लाको वीचमा फेरि नेकपा सम्बन्ध नेताहरुको नाम जोडिएर पूर्वराजा र उनी निकटका व्यक्तिहरुले भेटघाट गरेको चर्चा भइहरेका छन् । त्यही सन्दर्भमा वामदेव गौतमको नाम जोडेर फेरि चर्चा चलेको छ । 

 गौतमले पूर्वराजाका निजी सचिव पशुपतिभक्त महर्जनसंग भेटवार्ता गरेको चर्चा शहरमा व्यापक छ । त्यही भेटघाटका कारण भदौ १६ गते सोमवार गौतम र महर्जनबीच भेटवार्ता भएको चर्चा चले पनि स्वतन्त्र पुष्टि भएको छैन । त्योभन्दा पहिला पनि नेकपा नेता तथा रक्षा मन्त्री ईश्वर पोखरेल निर्मल निवास छिरेको चर्चा बेस्सेरी चल्यो ।

यही बीचमा कांग्रेस नेता शशांक कोइरालाले पनि पूर्व राजालाई थाइल्याण्डमा भेट गरेको चर्चा छ । सुरक्षा निकाय स्रोतका अनुसार, वामदेवले महर्जनस“ग २ पटक भेट गरेका छन् ।

पछिल्लो भेट करीब २ घण्टाको भएको थियो । उता, कोइरालाले थाइल्याण्डमा पूर्व राजा ज्ञानेन्द्र शाहसंगै डिनर खाएको चर्चा छ । सुरक्षा स्रोतले दावी गरे अनुसार, उनीहरुबीच हिन्दू धर्मको पुनस्थापनाकै मुद्दामा छलफल भएको छ ।

अर्को रोचक संयोग नै मान्नुपर्छ, हिमानी ट्रष्टलाई जापानको राजसंस्थाले आर्थिक सहायता गरिहेको छ । त्यसमाथि भारत र चीन पनि पछिल्लो दिनमा हिन्दू धर्मको सन्दर्भमा सकारात्मक देखिदैछन् । त्यसको करामत पनि हुन सक्छ नेताहरुसंगको सम्बन्ध विस्तारको घटना ।