🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेमा माधवको नयाँ प्रस्ताव– सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर वाम गठबन्धन जोगाऊ 

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केपी शर्मा ओलीको विकल्पमा सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर पार्टी एकता जोगाउन प्रस्ताव गरेको छ । 

नेकपा एमालेको दुवै समूह अप्ठ्यारोमा परेका बेला माधव पक्षले पार्टी एकता कायम गर्न नयाँ प्रस्ताव अघि सारेको हो । 

ओलीलाई बिदा गरेर नेम्वाङलाई प्रधानमनत्रीको उम्मेदवार बनाउँदा एमालेमै फर्केर काम गर्न वातावरण बन्ने र  माओवादी केन्द्रसमेत सरकारमा सामेल हुने नयाँ परिस्थिति सिर्जना हुने नेपाल पक्षको तर्क छ । यही तर्कका आधारमा नेपाल पक्षले अहिले यो प्रस्तावमा छलफल गर्नुपर्ने माग अघि सारेको छ ।

‘ओलीको विकल्पमा विनम्र स्वभावका नेता नेम्वाङलाई प्रधानमन्त्री बनाउने हो भने माधव कुमार नेपाल समूह मात्र होइन, माओवादी केन्द्र पनि वाम गठबन्धनकै पक्षमा उभिनेछ,’ नेपाल पक्षका एक नेताले भने, ‘त्यसैले हामीले विन–विनको अवस्था ल्याउन नयाँ विषयलाई छलफलको विषय बनाएका छौं ।’ 

०७७ फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पनि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले यही प्रस्ताव अघि सारेको थियो । तर यो प्रस्तावमा केपी शर्मा ओली सशंकित छन् । आफूलाई कतैबाट हटाउन नसकेपछि चालिएको षड्यन्त्रका रूपमा केपी ओली पक्षले यसलाई बुझेको छ । 


‘सके प्रचण्डलाई नै प्रधानमन्त्री बनाए भइगो नि ।  किन सुवास नेम्वाङ भनेर खेल खेल्न खोज्नु ? उहाँहरुले त ओली ढालियो भनेर प्रचण्डलाई नै प्रधानमन्त्री बनाइयो भनेर लड्डु नै खाइसक्नुभएको होइन ?’, एमाले संस्थापन पक्षका एक नेताले नयाँ प्रस्तावबारे भने, ‘राजीनामा गरेर पनि देउवालाई बनाउन नसक्ने भएपछि आएका यस्ता कुतर्कले कुनै अर्थ राख्दैन।’

प्रधानमन्त्री ओलीले भने नेपाल पक्षबाट आउने प्रस्तावहरु प्रचण्ड–नेपालको साझा रणनीतिका रुपमा बुझ्ने गरेका छन्। त्यसैले अहिले निकासका लागि भनेर अघि सारिएको यो रणनीति ओलीलाई सत्ताबाट हटाउन कुनै उपाय नलागेपछि आएको सो समूहको बुझाइ छ