🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजेबाट सुरू

 

सौराहा, १४ मंसिर । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।

दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न २०७८ मंसिर १२ गते आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो ।  १२ बजे अन्तिम नामावली सार्वजनिक गरेर राति ९-३ बजेसम्म मतदान गर्ने तालिका बनाएको थियो ।  

उक्त कार्यतालिका  दोस्रो दिन २०७८ मंसिर १३ गते सोमबार अबेर राति संशोधन भएको हो । उम्मेदवारीलाई साँघुरो बनाउन समय लागेकाले कार्यतालिका संशोधन भएको निर्वाचन समिति प्रमुख बिजय सुब्बाले जानकारी दिए ।

१२ बजे सार्वजनिक हुने भनिएको अन्तिम नामावली संशोधित कार्यतालिकाअनुसार सवा १० बजे सार्वजनिक गरेको छ । अब उम्मेदवारको संख्याअनुसार मेसिन सेट गरेर राति २ बजे विद्युतीय मतदान हुने कार्यतालिका तय भएको छ । मतदान २०७८ मंसिर १४ गते  विहान ८ बजेसम्म चल्नेछ । 

एमाले केन्द्रीय कमिटीमा पदाधिकारीसहित १० पदमा १२ जनाको बागी उम्मेदवारी परेको छ ।