काठमाडौं । एक सरकारी कार्यालयका प्रमुख फेरिंदा उनी मातहत कार्यरत विभागीय प्रमुखहरू र अधिकृतहरूले खुशियाली मनाउँदै नगरकोटको रिसोर्टमा आधारातभन्दा बढी सयम विदेशी रक्सीका तालमा नाचेर बिताएको खबर छ । उठाउनुपर्ने रकम नतिर्ने र सम्झौताविपरीत अनेकौं काम गर्ने व्यापारीले कडाई गर्ने प्रमुख फेरिएको उपलक्ष्यमा पैसा उठाई जड्याहा कर्मचारीहरूलाई नगरकोट पु¥याएर नचाएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायको त्यहाँबाट सरुवा भएको अवसरलाई त्यहाँ स्टलहरू लिएर व्यापार गर्ने व्यापारी र कर्मचारीहरूले चाडबाड आए झैं सेलेब्रेसन गरेर भब्य स्वागत गरे । मन नपर्ने हाकिम जाने र जे भन्यो त्यही मान्ने राजकुमार क्षेत्री महाप्रबन्धक भएर एयरपोर्ट आउने भएपछि शर्त बमोजिम भाडा नतिर्ने र सम्झौताविपरीत काम गर्ने व्यापारीहरू हौसिएको बताइन्छ ।
२०७४ १५ गते महाप्रबन्धक उपाध्यायको सरुवा र उनको स्थानमा क्षेत्री आउने निर्णय हुनासाथ एयरपोर्टका व्यापारीहरू र नागरिक उड्ययन प्राधिकरण एयरपोर्ट कार्यालयका एओडी प्रमुख प्रेमनाथ ठाकुरको अगुवाईमा माघ १६ गते नगरकोटमा कक्टेल पार्टी अयोजना गरिएको थियो ।
नगरकोटस्थित रत्नगिरी रिसोर्टमा गई कर्मचारीहरू विमानस्थलमा रहेका व्यापारीहरूसंग मादक पेय पदार्थ उठाएर माघ १६ गते मोजमस्तीमा गए । विमानस्थलका शक्तिशाली व्यापारीहरूको संलग्नतामा नगरकोटमा रहेको होटलमा बस्ने व्यवस्था मिलाइएको खबर छ । विमानस्थलभित्रका व्यापारीहरूसंग माहाप्रबन्धक उपाध्यायको सम्बन्ध चिसिएको कारण थुप्रै व्यापारी उनलाई जसरी पनि हटाउनु पर्छ भनी थैली बोकेर लागिपरेका थिए ।
नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजीव गौतमको निकट रहेर विमानस्थलमा लामो समय हालिमुहाली गरी बसेका निर्देशक प्रेमनाथ ठाकुरले उपाध्याय हटेकै भोलिपल्ट ब्यवसायीहरूसंग समन्वय गरी नगरकोटमा कार्यक्रम आयोजना गरिएको बताइन्छ । विमानस्थका व्यापारीहरूसंग नियमित लाभ हासिल गरिरहने ठाकुरको संयोजनमा भएको सो कार्यक्रममा लेखा शाखा, प्रशासन शाखा, सुरक्षा शाखा, प्राप्ति शाखा, कर्पोरेट शाखाका सबै कर्मचारीहरू नगरकोटको कक्टेल पार्टीमा सहभागी थिए ।
नयाँ आउने महाप्रबन्धक राजकुमार क्षेत्री आफ्नो निकटतम रहेको र अरु कर्मचारीहरूको सहयोग बिना विमानस्थलमा आपूm सफल नहुने ठानी ठाकुर मिहिन व्यवस्थापन गर्न लागिपरेका छन् । रत्नगिरी रिसोर्टमा माघको चिसोमा रमाउनेहरूमा सुरक्षा शाखाका उपनिर्देशक शिव उपाध्यायदेखि प्रशासन शाखाका प्रमुख तेज पौडेल, प्राप्ति शाखा प्रमुख यज्ञ न्यौपाने, लेखा शाखा प्रमुख थिरबहादुर खत्रीलगायत एक दर्जनभन्दा बढीको फुर्तिफार्ती निकै थियो । कक्टेल पार्टीमा ठाकुरले एयरपोर्टका ब्यापारीहरूलाई सहयोग गरेमा आफूले पनि लाभ हासिल गर्ने कोणबाट अप्रत्यक्ष कुरा राखेको सहभागी एक कर्मचारीले बताए ।
लामो समयदेखि विमानस्थलमा नै कार्यरत ठाकुर कर्पोरेट शाखामा रहँदादेखि नै विमानस्थलमा भएका सबै व्यवसायीको भित्री सहयोगीका रुपमा चर्चित छन् । ब्यापारीहरूलाई पसलको ठेक्का दिलाउन पत्रिकामा सुटुक्क सूचना निकाल्ने, आफूलाई अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मानिसका रुपमा उभ्याएर ठाकुरले व्यपारीहरूबाट फाइदा लिंदै आएका छन् ।
अहिले पनि लोकमान विदेश जाँदा–आउँदा भीआइपी कक्ष खोल्ने होस् वा कार्कीका आफन्तहरूलाई सहयोग गर्ने काममा उनले सेवकले झैं आफैं खटिने गरेका छन् । ठाकुरको सरुवा नेपालगञ्ज भएपनि महानिर्देशक गौतमलाई रिझाएर उनी एयरपोर्टमै रमाइरहेका छन् । नगरकोटमा आयोजित सो कार्यक्रमलाई अर्थ शाखाको पूर्वनिर्धारित योजनाका रुपमा व्याख्या त्यहाँका कर्मचारीले गरेपनि पछिको निर्णयमा मिति मिलाइएको स्रँेतको दावी छ ।
पोरेट शाखामा रहँदादेखि नै विमानस्थलमा भएका सबै व्यवसायीको भित्री सहयोगीका रुपमा चर्चित छन् । ब्यापारीहरूलाई पसलको ठेक्का दिलाउन पत्रिकामा सुटुक्क सूचना निकाल्ने, आफूलाई अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मानिसका रुपमा उभ्याएर ठाकुरले व्यपारीहरूबाट फाइदा लिंदै आएका छन् ।
अहिले पनि लोकमान विदेश जाँदा–आउँदा भीआइपी कक्ष खोल्ने होस् वा कार्कीका आफन्तहरूलाई सहयोग गर्ने काममा उनले सेवकले झैं आफैं खटिने गरेका छन् । ठाकुरको सरुवा नेपालगञ्ज भएपनि महानिर्देशक गौतमलाई रिझाएर उनी एयरपोर्टमै रमाइरहेका छन् । नगरकोटमा आयोजित सो कार्यक्रमलाई अर्थ शाखाको पूर्वनिर्धारित योजनाका रुपमा व्याख्या त्यहाँका कर्मचारीले गरेपनि पछिको निर्णयमा मिति मिलाइएको स्रँेतको दावी छ ।
(हेर्नुस साँघु साप्ताहिक, २०७४ माघ २२ गते)



