🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संस्कृति नीतिमार्फत संस्कृतिको क्षेत्रलाई नयाँ दिशा दिन सकिन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नयाँ संविधान बनेपछिको संस्कृति नीतिले संस्कृतिको क्षेत्रमा नयाँ दिशा दिने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित गायक स्व.अरुण थापा मगरको २६ औं स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान कार्यक्रममा उनले संस्कृति नीति कार्यान्वयनमा आउने हो भने यसले संस्कृतिलाई रक्षा र संरक्षण गर्ने काममा सहज हुने भन्दै यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले नेपाललाई त्यो दिशातर्फ लाने बताए ।

उनले भने, ‘म यो सरकारको मन्त्री भएपछि संस्कृति नीतिलाई मन्त्रिपरिषद्मा पु¥याएका छौ । त्यो नीति बाहिर कार्यान्वयनमा आउना साथ संस्कृतिहरुलाई मूलधारमा ल्याउने, त्यसको रक्षा र संरक्षण गर्ने काममा तत्परताका साथ लाग्छौ र त्यसका लागि वातावरण नयाँ नीतिले बनाउछ । प्रजातन्त्र र लोकतन्त्र आएपछि र यो संविधान बनेपछि बन्ने संस्कृति नीतिले हामीलाई त्यो दिशातर्फ लान्छ ।’

यस्तै, उनले संसारभरका मानिसका लागि नेपाल हेर्न र अध्ययन गर्न मिल्ने खालको खुला संग्रहालयको रुपमा रहेको पनि बताए ।

उनले भने, ‘संस्कृतिको काम भनेको देखिदैँन्, अभौतिक कुरा हुन्छ । तर संस्कृती भित्र नै सबै कुराहरु छन् । भाषा, भेषभूषा, खाना सबै हाम्रो संस्कृति भित्रै पर्ने कुरा हो । संस्कृतिको पाटो यति विशाल छ कि पर्यटन र उड्डयनको कुरामा म जान्न, संस्कृतिको पाटोमा हामी यति धेरै समृद्ध छौ । संसार भरका मानिसका लागि नेपाल हेर्न र अध्ययन गर्न मिल्ने खालको खुला संग्रहालयको रुपमा छ । हाम्रो प्रत्येक जातीले बोल्ने भाषा फरक छन् र ती भाषाहरुले बोलेको आफ्नै साहित्य छ ।’ 

साथै, पछिल्लो समयमा भाषा अध्ययन गर्नको लागि ल्याबको व्यवस्था गरेको पनि उनको भनाई छ ।