🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोरखामा एकै परिवारका ३ जना घरभित्र मृत फेला 

काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । 

सुलिकोट गाउँपालिका–१, बारपाकका तीलबहादुर गुरुङसहित उनकी बुहारी आइतकुमारी गुरुङ र नातिनी १२ वर्षीया उषा घरभित्र मृत फेला परेका हुन् । 

सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरुले ढोका खोलेर हेरेका थिए । घरभित्र तीन जना मृत भेटिएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय, गोरखाका अनुसार मुखबाट फिज निस्केको अवस्थामा तीनैजनाको शव फेला परेको छ । 

घटनाको कारण अहिलेसम्म खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।