🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चितवनमा सडक दुर्घटना, एक जनाको मृत्यु

चितवन, ६ पुस । चितवनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–१ लंकालाइनस्थित सडक खण्डमा बा ११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक २५ वर्षीय बिष्णु क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि कार चालक क्षेत्रीलाई तत्काल अस्पताल लगिएको थियो।

उपचारका क्रममा मृत्यु भए पछि शवलाई पोस्टमार्टमका लागि राखिएको छ।