🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तनाव कम गर्न छोडौं यी खराब आदत

हामीलाई सबैभन्दा बढी तनाव के कुराबाट हुन्छ के लाठीको कुटाईबाट या श्रीमतीको कचकचबाट । चाहे तपाईको जीवन तनाव ग्रस्त छ तर केही बानीहरू त्याग्न सकेमा तनाव कम गर्न सकिन्छ । धेरै तनाव भएमा हृदयघातदेखि लिएर मृत्युको मुखसम्म पनि पुग्न, सिल्टीमुर खान समय लाग्दैन ।
 

१. धेरै समयसम्म सुत्ने
तनावको सुरुवात विहानदेखि नै हुन थाल्छ । यदि तपाई धेरै सुतेर ढिलो उठ्नुहुन्छ भने शरीरको मेटाबोलिज्म(शारीरिक प्रणाली) ठीक ठाउँमा रहँदैन जसले गर्दा थकान, तनाव तथा उदासिनताले अधिक सताउने गर्दछ । अनुसन्धानले पनि विहान ढिलो उठ्ने मानिसहरूले विहानको नास्ता पनि छाड्ने र शरीरको सञ्चार नहुने  कारणले तनावग्रस्त हुन सक्ने बताएको छ । त्यसैकारण साँझ छिटो सुत्ने र बिहान छिटो उठ्ने बानी बसाल्नु पर्दछ ।

२. लामो समयसम्म टिभी हेर्नु
मानिसहरू मनोरञ्जनका लागि टिभी हेर्ने गर्दछन् तर यसले कति असर पार्दछ भन्ने कुराबाट हामी अनभिज्ञ छौं । धेरै समयसम्म टिभी हेर्ने आदतले तनाव र हृदय सम्बन्धी समस्या ल्याउने गर्दछ । टिभी हेर्नुको साटो आफ्नो परिवारसँग समय बिताउन विशेषज्ञहरूले सल्लाह दिएका छन् । यसले पनि तनावबाट धेरै टाढा राख्दछ ।

३.धुम्रपान
मानिसहरू तनावबाट राहत पाउनका लागि धुम्रपान गर्ने गर्दछन् । तर धुम्रपानको असर ठ्याक्कै उल्टो रहेको छ । यसले तनाव कम गर्ने नभई तथ्यगतरुपमा तनाव बढाउने काम गर्दछ । धुम्रपानले हृदय धड्कन बढ्न जान्छ जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ ।

४.आवश्यक भन्दा बढी काम
अफिसमा कामको दबाब हरेक व्यक्तिमा हुन्छ तर जब घरको र अफिसको कामको सन्तुलन मिल्न जाँदैन, तालिका अनुसारका काम मिल्दैन तब मानिसहरूलाई तनाव तथा उदासीपन सुरु हुन जान्छ । त्यसकारण समय तालिका अनुसार कामलाई निपूर्ण गर्नु पर्दछ । आवश्यकभन्दा बढी जिम्मेवारी उठाउनु शरीरका लागि हानिकारक हुन्छ ।

५. गलत खानपान
तपाईहरू नाश्ता गर्नुहुन्छ , अधिक मात्रामा फास्टफुड तथा हेभी खानपान गर्नुहुन्छ ? या तपाईको कुनै खानपानको समय मिल्दैन ? यस्तो आदतले मानिसमा तनाव बढ्न जान्छ । तनावका कारण शरीरको प्रतिरक्षा पनि कमजोर हुने भएकाले अन्य रोगले समेत ग्रस्त बनाउन सक्दछ ।