🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विवेकशीलको अविवेकशील उल्टो छलाङ !

 रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले २०७४ माघ २४ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेसलाई मतदान गर्ने निर्णय सार्वजनिक गरेपछि राष्ट्रिय राजनीतिमा यसले सानोतिनो तरंग नै सृजना गरेको छ । निर्णयको खिलाफमा फेसबुकलगायतका सामाजिक सञ्जालमा सुनामी नै आएको छ । कितपयले हिजो भूलवश विवेकशील र मिश्रजस्तालाई भोट हालिएछ भनेर पश्चातापपूर्ण कमेन्ट लेखिरहेका छन् । 

 चोक चौतारो, चियापसलमा विवेकशीलको अविवेकशील निर्णयविरुद्ध औंला ठड्याउनेहरु बढिरहेका छन् । कतिपयले ‘यो पनि उही ड्याङको मूला रहेछ’ भन्दै भाई कांग्रेस चाहिंदैन भन्दै हिजोकै पुुरानो घररुपी पार्टीमा फर्किएको घोषणा गर्दैछन् । फेसबुके पार्टीको इमेज बनाएको विवेकशीललाई ‘मरेको बाख्रालाई उपिँयाले छाडेजस्तै’ चटक्कै छाडिदिनेहरुको संख्या बढ्दै गएको अनुमान गरिएको छ । विवेकशील साझा क्लिन स्विप’ हुने छाँटकाट पो देखिदैछ । 

सायद चिलीमा दार्शनिक कन्फ्यूसियसले ठीकै भनेका थिए–‘सफेद पोशाकमा कालो दाग लागेको सबैले देख्छन् ।’ आफूलाई खाँटी विकासवादी र भ्रष्टाचार विरोधी पार्टीकोरुपमा प्रचार गराई स्थापित ठूला पार्टीहरुको ‘बालको खाल’ उतारेर ‘थे्रसहोल्ड’ नकटाए पनि ठीकठीकै मत बटुलेको विवेकशील साझा अस्तित्व एउटै सर्वाधिक अप्रिय निर्णयले संकटमा पारिदिएको छ । रविन्द्र मिश्रहरुले यतिबेला छाती तन्काएर कांग्रेसका बद्नाम उम्मेदवारलाई राधेश्याम अधिकारीलाई रोज्नु बिल्कुलै अशोभनीय र अप्राकृतिक कुरा भनेर आलोचना भइरहेको छ । 

 चुनाव लड्दा मिश्रले कांग्रेसलाई भ्रष्ट राष्ट्रघाती देश भँडुवा, थोत्रो, बेत बसेको गाईजस्तो पार्टी भन्दै शब्दकोषका सबै गालीगलौजपूर्ण ‘टर्मिनोलोजी’हरु चुनिचुनीकन सत्तोसराप गरेको कसले बिर्सिएको छ र ? अहिले आएर एक्कासी कांग्रेसको पक्षमा भोट दिने निर्णय गर्नु या त कांग्रेस पूरापूर सप्रिनु प¥यो, या त रविन्द्र मिश्रहरुको हदैसम्म मतिभ्रष्ट हुनुप¥यो । व्यवहारले देखाउँदैछ, कांग्रेस हिजोभन्दा आज ज्यादा भ्रष्ट र निरंकुश बन्दैछ । 

 भ्रष्टाचारी प्रमाणित भएर कैद भुक्तान गरेकाहरुको पक्षमा लागेका राधेश्यामलाई गहुँत छर्किएर चोख्याउने विवेकशीलको योजना झन् बिडम्बनापूर्ण र रहस्यमय छ । राधेश्याम तिनै कांगे्रसी सांसद हुन जसले भ्रंष्टहरुले पनि चुनाव लड्न पाउनुपर्छ भन्दै संसदमा डेढ दर्जन सांसदहरु च्याँपेर अध्यादेशको, पक्षमा लविङ गरेका थिए । अनि भ्रष्टविरुद्ध ‘जेहाद’ छेडेको झाँसा दिने मिश्रहरुले भ्रष्टाचारीको ‘मित’ कहलिएका राधेश्यामलाई काँधमा बोक्नु भ्रष्टाचारको घुमाउरो समर्थन हैन र ? यो त दिउँसैं रात पार्ने घोर पाखण्डी अभियान हो । 

अझ रोचक बिडम्बना त के छ भने रविन्द्रहरुको लविङ र छनौटमै कांग्रेसले राधेश्यामलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको हो रे ! विवेकशीलवालाहरुको यो तर्कलाई कसरी पत्याउने ? राष्ट्रिय पार्टी बन्न नसकेर प्रतिनिधि सभा र राष्ट्रिय सभामा शून्य उपस्थितिको हालतमा पुगेको ‘आँफैं त महादेव उत्तानो टाङ्’ नियतिको विवेकशीलले कांग्रेसभित्र ‘अक्टोपस सुँड गाडेर’ उम्मेदवार तोक्ने हैसियत राख्छ भनी कसरी पत्याउने ? 

मानौं त्यो क्षमता उसले राख्यो नै भनेर पत्याउने हो भने पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विवेकशीलको यो म्यानुपुलेटिङ चरित्र घोर अराजनीतिक ठहरिएन र ? त्यसो त विवेकशील–कांग्रेस र डा.गोविन्द केसीको ‘नेक्सेस’ खोतल्दा धेरै रहस्यहरु खुल्लान् । निसन्देह, विवेकशील पार्टी स्थापनाको छोटो समयमै चर्चाको शिखरमा पुग्यो । स्थापित पार्टी र परम्परागत शक्तिलाई यसले च्यालेन्ज गर्ने कोसिस पनि ग¥यो । खासगरी भ्रष्टाचारलमुक्त समाज र सुशासनको प्रत्याभूति गर्न चुकेका ठूला पार्टीहरुलाई ‘लुप होल’मा यसले खेलेको पनि हो । 

 एमाले, कांगे्रसलगायतका भीमकाय पार्टीहरुलाई स्वच्छ, पारदर्शी र इमान्दार हुन उसले नैतिक दबाब पनि दिएकै हो । तर वैकल्पिक लोकतान्त्रिक शक्ति बनेर ‘अहिलेलाई’ राष्ट्रिय पार्टी र अर्काे चुनाव पछि सत्तारुढ पार्टी बन्ने ‘विवेकशीलवालाहरुको घोषणा बेलुनजस्तै प्याट्टै पो फुट्यो । विवेकशीलका हर्ताकर्ताहरुले नबुझेको वा बुझ्न नचाहेको यथार्थ के हो भने उनीहरुले जग बिना नै घर बनाउने धृष्टता गरे । जनताको सेन्टीमेन्ट भड्काएर भावनाको जगमा बनाइएको पार्टी क्षणिक हुन्छ । पार्टीको जग हुनुपर्छ । सिद्धान्त र सही दर्शन विवेकशीलवालाहरु सुरुदेखि नै ‘मिसेल फुको’को ‘विचारधाराको अन्त्य’को फजूल निष्कर्षलाई पछ्याउँदै विचारविहीन विकासे पार्टीको श्वैर कल्पनामा रमाउन थाले । त्यसो त महात्मा गान्धीले समेत सिद्धान्तहीन राजनीतिलाई अपराधको दर्जा दिएका छन् ।

दुनियाँभरीका उदाहरण हेर्ने हो भने उदीयमान वैकल्पिक शक्ति प्रखर राष्ट्रवादी हुने गर्छ । विकासप्रेमी र भिजनरी हुनेगर्छ । त्यसको कोर नेतत्वले त्यागी र विश्वसनीय छवि बनाएको हुन्छ । त्यो सन्तुलित, दूरदर्शी र धीरगम्भीर देखिनुपर्छ । परम्परागत शक्तिहरुलाई रिप्लेस गर्ने ‘करिस्म्याटिक’ राजनेताले त्यस्तो शक्तिको कमाण्ड सम्हाल्नुपर्छ । 

  रविन्द्रको नेतृत्वमण्डलीको विकासे भाषणले त बजार पायो तर माथि उल्लेखित अन्य विशेषताहरुको लगभग खडेरी लाग्यो त्यहाँ । ‘करिअर कन्सस’ असन्तुष्ट युवापुस्ताको सेलिब्रेटी बनेपनि रविन्द्रहरु नेता बन्न सकेनन् । विद्रोही र कवि टाइपको नेताले हृदयमा हलचल मच्चाउला, तर समाज बदल्न सक्दैनथ्यो र सकेन पनि । 

सुरुदेखि नै रविन्द्र मण्डलीको करनी र कथनी अलग अलग देखिन थाल्यो । उनीहरुको व्यक्तित्व र कृतित्वमा काफी विरोधाभाष देखाप¥यो । ‘पहिलो गाँसमै झिंगा’ भने झैं रविन्द्र मिश्रले राष्ट्रियता र नैतिकतासँग जोडिएका संगीन प्रश्नहरुको सामना गर्नुप¥यो । कुनै समय मिश्र संलग्न बीबीसीले ‘नेपाललाई भारतीय सुरक्षा छाताभित्र गाभ्दा कसो होला ?’ भनेर खतरनाक देशघाती कार्यक्रम चलाएको रहेछ । त्यतिबेला रविन्द्रले किन विरोध नगरी मौनता साँधे ? कतै त्यो मौन स्वीकृति लक्ष्यणम् त थिएन भनेर मिडियामार्फत लाखौं नेपालीले प्रश्न उठाए तर उनले केवल घिसेपिटे र रकमी जवाफ दिए । 

 आफ्ना छोराछोरीलाई विदेश पठाउने नेताले देश के बनाउछन् भन्ने मिश्र आफैं चाहिं झण्डै बीस बर्ष विदेशमा बस्न सुहाँउथ्यो कि सुहाउँदैनथ्यो भनेर प्रश्न उठ्यो । विवेकशीलको पक्ष्मा बर्सिएको करोडौंको थैली र मिडिया सपोर्टको पछाडि यूरोपियन यूनियन र क्रिश्चियन मिशिनरी आइएनजीओहरुको हात छ भन्ने प्रचार पनि चित्तबुझ्दो खण्डन गरिएन ।

रविन्द्र आफैंले स्वीकारेको रहस्य के हो भने कुनैबेला उनी नेपाल म्यागजिनमा मनुज चौधरी नामक लोकतन्त्रविरोधी र राजाको समर्थनमा अण्टसण्ट लेख्थे । एउटा लेखमा त उनले देशभन्दा विकास ठूलो हो, विकासको निम्ति राष्ट्रियता बिर्सिएर भारतीय शासनको चाकडी गर्न समेत पछि नपरौं भन्दै भुटानी मोडेलको दलाल प्रजातन्त्रको वकालत गरे ।  यसप्रकार देशभक्त कहलाएका कतिपय सत्यभाषी विश्लेषकहरुले रविन्द्र र उनको टिम भारतीय युरोपियन र अमेरिकन लबीको भन्ने शंका गर्न समेत भ्याए ।

विवेकशीलसँग विकासे सपना बाँड्ने सत्ता भोकले आकुलब्याकुल भावुक नेतृत्व टीम छ । जोसँग देशभक्ति र त्यागको विचार कम छ । बुद्धिबंगारा नपलाएका टिनएजर्सको अधैर्य जमात छ, जो तत्कालै आफ्नो र देशको चमत्कारिक विकास चाहन्छ । रविन्द्रलाई ‘आइकन’ ठान्ने यो ‘आइडियोलोजीलेस’ जमातको गधा पच्चीसी पार गरेपछि उल्टै उनलाई धारेहात लगाउँदै ‘आखिर रहेछ श्रीकृष्ण एक’ भन्ने शैलीमा स्थापित राजनीतिक शक्ति ज्वाइन गर्ने निश्चितप्राय छ ।

इतिहासले कदापी माफ नगर्ने राष्ट्रिय सभा प्रकरणवाला यो महाभूलले विवेकशीलको पतनको प्रारम्भिक पटकथा तयार गरिसकेको छ । राष्ट्रिय सभामा सके आफैं उठ्ने नसके आफ्नो विचार मिल्ने सदाचारी र देशभक्त दललाई सघाउने केही नलागे तटस्थ बस्ने विकल्प नरोजेर कांग्रेस रोज्नु उसको निम्ति मृत्युपत्रमा हस्ताक्षर ठहर्न सक्छ । 

इतिहासमा स्थापित शक्तिलाई ठेगान लगाउने गरी वैकल्पिक शक्ति जन्मिदैनन् भन्ने होइन । जस्तो रुसमा राष्ट्रवाद र विकासको ऐलान गर्दै भ्लादिमिर पुटिनको ‘युनाइटेड रसिया’ उदायो, त्यस्तै एजेन्डा बोकेर टर्कीमा राष्ट्रपति रेसेप तैयप यर्दाेगानको ‘जस्टिस एण्ड डेभलोपमेन्ट’ पार्टी फस्टायो । ग्रिसमा ‘पापान्ड्रयू डाइनेस्टी’ लाई विस्थापित गर्दै राष्ट्रपतिको रुपमा युवा नेता एलेक्सीस सिप्रस चुनिए । स्पेनमा पोडेमस र अष्ट्रियामा ३१ बर्षीय सवेस्टीयन क्रुजको उदयको पृष्ठभूमि चाहिं अलि फरक छ । 

सूर्यराज आचार्यजस्ता ‘विकासवादी’ अभियन्ता यस्तो घातक निर्णयको समर्थनमा वक्तव्यबाजीमा उत्रिनु विडम्बना नै हो । अन्त्यमा रंगीन कुवामा डुबेको श्यालले कतिञ्जेल बाघको भ्रम दिन सक्थ्यो र ? आखिर चुनाव सकियो । बचेखुचेको आदर्शको रंग खुइलियो । मेकअप उत्रियो । ओभर एक्टिङवाला सुटिङ प्याक अप भयो । अन्ततः कांग्रेससँगै मिलेर राष्ट्रिय सभामा श्याल हुईंया मच्चाउने सहमति भयो । यसरी भर्सेलामै गएछ विवेकशीलका हर्ताकर्ताहरुको रहलपहल विवेक पनि ।