🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकार गठन भन्दा पहिला पार्टी एकता : अध्यक्ष प्रचण्ड

चितवन, १३ माघ  :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका  छन्  ।

प्रेस सेन्टर चितवनले  माघ १३ गते  यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार त गठन हुन्छ नै पार्टी एकता त्योभन्दा अगाडि नै होस् भन्ने आफ्नो चाहना छ भने  ।

प्रचण्डले भने –“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठनभन्दा अघि नै पार्टी एकता हुनु जनभावना अनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए  । उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताए  ।

देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गरेका छन्। अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उनले बताए  ।
प्रचण्डले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राखेका छन्  ।

प्रचण्डले भने–“यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो ।” सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै रहेको छ।''  

माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै प्रचण्डले ''जसको नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको'' बताए ।

अध्यक्ष दाहालले भने “त्यसको एउटा मापदण्ड बनाएर त्योभित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि प्रचण्डले  शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको पनि बताए  ।

मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने प्रचण्डले विश्वास व्यक्त गरे । मधेसवादी दलहरुले उठाएको संविधान संशोधनको विषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उनले आँैल्याएका थिए  । रासस
–––