🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना पसेपछि सैनिक तालिम केन्द्र चकमन्न 

काठमाडौं । संयुक्त राष्‍ट्रसंघीय शान्ति मिसनमा जाने सैनिकलाई अन्तिम तालिम दिने काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्र कोरोनाको चपेटामा परेको छ । केन्द्रमा कोरोना संक्रमण फैलिएपछि तालिम नै प्रभावित भएको छ । 
 

२०७७ असाेज ७ गते बुधबार मात्रै यो तालिम केन्द्रका ६९ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । 

\"\"
 

 नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको रहेको काभ्रेस्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। यसअघि पनि यो केन्द्रमा कार्यरत १० सैनिकको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । 

केन्द्रमा कार्यरत सैनिकमा ठूलो संख्यामा कोरोना संक्रमण भएपछि नियमित तालिम प्रभावित बनेको  खबर छ । 

पछिल्लो समय नेपाली सेनामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । सतर्कताकै बीच नेपाली  सेनामा संक्रमण बढेको हो ।

नेपाली सेनाका संक्रमित   मध्ये अधिकांशको उपचार सेनाको आफ्नै अस्पतालमा भइरहेको छ । केहीको भने जिल्लास्थित सरकारी अस्पतालमा उपचार भइरहेको सेनाले जनाएको छ ।

( फाइल  तस्विर : पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा तालिम लिंदै गरेका सैनिकहरू)