🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खोजबारसहित दुई जना बेपत्ता !

नवलपरासी, १६ पुस (रासस) : नवलपरासी– (बर्दघाट सुस्ता) पूर्वजिल्लाबाट दुई जना व्यक्ति लामो समयसम्म सम्पर्कविहीन भएपछि उनका आफन्तले खोजीका लागि सबैसँग आग्रह गरेका छन् ।

नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

यसैगरी बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनअघि सम्पर्कविहीन भएका हुन्  । खोजबार र सुनारलाई खोजी गरिदिन उनका आफन्तले सबैसँग आग्रह गरेका छन् ।

गत मंसिर २७ गते खोजबार जंगल जान भनी हिँडेका र घर नफर्किएको खोजबारकी श्रीमती जयमती खोजबारको भनाइ छ । घर छिमेक इष्टमित्र सबैकहाँ खोजतलास गर्दासमेत फेला नपारेपछि प्रहरी, प्रशासन, नागरिक समाज मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई खोजी गरिदिन खोजबारका परिवारले आग्रह गरेका छन् ।

यसैगरी भाइ सुनार गत पुस १२ गते कावासोती बजारबाट निस्किएर पोखराको पृथ्वीचोकबाट सम्पर्कविहीन भएको उनका दाजु सन्तोष सुनारको भनाइ छ । सुनार हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनको खोजतलास गरिदिन सुनारका आफन्तले सबैसँग आग्रह गरेका हुन् ।
–––