🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सोच्लान् त बिद्यालयका सञ्चालक र शिक्षकले ?

\"Boz

   -बोजराज, पोखरा। हाल- लण्डन।

        १२-१३ वर्षअघि म बेलायतको एउटा विद्यालयमा ११-१८ वर्ष उमेरका विद्यार्थीहरु अर्थात् मा वि देखि कलेज सम्मका विद्यार्थीलाइ पढाउने काम गर्थें। बेलायतमा कक्षा भन्दापनि उमेरको आधारमा विद्यार्थीलाइ एकै समूहमा राखिन्छ र त्यसैलाई कक्षा भनिन्छ। हरेक वर्ष पास वा फेल भएपनि कक्षा चढ्दै जाने हो। अनि विश्वविद्यालय पढ्ने बेलामा जुन विषयमा राम्रो गरिन्छ त्यही विषय पढ्ने गरिन्छ।

त्यतिबेलाका कति कुरा हामीले अनुकरण गर्नयोग्य भएको महसुस गरेको थिएँ। आज मलाइ तीमध्ये एक-दुइटा संस्कार यहाँ शेयर गर्न मन लाग्यो। यदि तपाईंपनि शिक्षण पेशामा हुनुहुन्छ वा विद्यालय संचालक समितिमा हुनुहुन्छ वा अभिभावक हुनुहुन्छभने उपयोगी हुनेछ भन्ने अपेक्षा गरेको छु।
 

           मैले पढाएको सो विद्यालय झन्डै  ५ शय वर्ष पुरानो थियो। झन्डै झन्डै अमेरिका पत्तालाग्ने बेलादेखि सञ्चालनमा आएको र अझै चल्दैछ । हाम्रोमा बाइसे-चौबिसे राज्यपनि थिए कि थिएनन् कुन्नि ! हरेक सुविधासम्पन्न निजी विद्यालय थियो त्यो। तर निजी भन्दैमा नेपालमा जस्तो विद्यालयले आर्जन गरेको नाफा कुनै व्यक्तिले लिन पाइन्न बेलायतमा। सबै आम्दानि विद्यालयकै विकासमा खर्चनुपर्छ ।

नेपालमा पनि यस्तो गर्नसके विद्यालय कति सुविधासम्पन्न हुन्थे होलान् ! तर नेपालमा कानुन बनाउने नेताले यस्तो गरे भने त देश र समग्र शिक्षाको विकास भैहाल्थ्यो नि ! त्यतापट्टि नजाउँ। तर दुर्भाग्य यो छकि, अरुका अनुभवबाट सिक्नसकिने गतीला, राम्रा, उत्कृष्ट कुरा हाम्रा लागि आकाशका तारा भएका छन्। नेपालमा नीति,नियम, कानुनबनाउनेहरु संसार भ्रमण गरेर आउँछन् र आफ्नै ढुङ्गे यूगको नियम बनाउँछन् !
   

       मैले राख्नखोजेको त्यतिमात्र होइन, अर्को बिषय पनि छ;  त्यो हो, राजनीतिमा लागेको मान्छेलाइ विद्यालयको कुनैपनि कार्यक्रममा कहिल्यैपनि बोलाइएन। त्यही विद्यालयबाट पढेर गएकोभए सायद बोलाइन्थ्यो होला। कहिल्यै त्यहाँका सांसद र मेयरहरुलाइ बोलाइएन। केवल विद्यालयका पूर्व विद्यार्थी, जसले आफ्नो

        जीवनकालमा विशेष योगदान र उत्कृष्ट कर्म गरेका छन् तिनलाई मात्र बोलाइयो । एकजना पूर्वओलम्पिक खेलाडीलाइ बोलाइएको थियो र तिनैको नाममा व्यायामशालाको नामाकरण गरियो । अर्का प्रशिद्ध समाचारदाता थिए, उनलाई बोलाइन्थ्यो अनि हामी शिक्षक र विद्यार्थी आकर्षित हुन्थ्यौं । विद्यालयका कार्यक्रम प्रधानाध्यापकद्वारा परिचयात्मकबाट शुरु गरिन्थ्यो अनि त्यसपछि वर्ष-विद्यार्थी (एक महिला, एक पुरुष जो हरेक वर्षको शुरुमा छानिन्थे) लाइ बाँकि कार्यक्रम सञ्चालन गर्न दिइन्थ्यो ।
 

           यदि तपाईंको पहुँच भएको विद्यालयमा पनि विद्यालयलाइ चिन्दैनचिन्ने, त्यहाँ पढ्दै नपढेका, हिजो गुण्डागर्दी गर्दै हिंडेर आज सांसद भएका, हिजो जेल बसेर अहिले आफै कानुन बनाउने ठाउँमा पुगेका, ठूला प्रतिवद्धता गरेर माखो नमारेका ढँटुवा नेता, मेयर, सांसद आदिलाइ विद्यालयका कार्यक्रममा बोलाएर विद्यार्थीको कलीलो मस्तिष्कमा गलत,विकृत रोलमोडेल प्रस्तुत गर्न रोक्नुहोस्।  

बरु त्यस्को सट्टामा सोही विद्यालयमा पढेर अहिले उत्कृष्ट कर्म र विशेष योगदान गरेका पूर्वविद्यार्थी भए तिनलाई, नभए प्रधानाध्यापकले नै कार्यक्रमको परिचयात्मक भाग सञ्चालन गरेर वर्ष-विद्यार्थीलाइ बाँकि कार्यक्रम सञ्चालन गर्न दिने होभने विद्यार्थीमा राम्रो संदेश जानुको साथै विद्यालयमा हुने विकृत,क्षुद्र राजनीतिमा ह्रास आएर शैक्षिक स्तरमा सुधार हुने थियो कि ?  तपाईं शिक्षक, विद्यार्थी, सञ्चालकहरुको जो विचार ।

-बोजराज, पोखरा, हाल लण्डन।