🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेयरको सचिवालयमै गुटबन्दी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर सचिवालयमा गुटउपगुटको चलखेल हुन थालेपछि मेयर विद्यासुन्दर शाक्यलाई काम गर्न निक्कै नै गाह्रो हुन थालेको खबर छ । महानगरपालिका भित्र खा“टी एमालेको पगरी गुथेर बसेका स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठलाई गुटले पाखा लगाईदिएको खबर छ । 
काठमाडौ महानगरपालिकामा एमालेभित्रको गुटउपगुट बनाएर मेयरको सचिवालयमा मस्ती गर्नेहरूमा निर्देशक नवराज ढकाल, उनलाई दाया“ पार्न सफल प्रशासन विभागका ज्ञानेन्द्र कार्की, युवराज खनालहरू यतिखेर मेयरको बागडोर सम्हालेर बसेकाले यो गुटका विरोधीहरूले आक्रोस ब्यक्त गर्न थालेका छन् । 
रोचक कुरा त के हो भने एमालेका नेता प्रदीप नेपालले ज्ञानेन्द्र कार्कीको दुष्कर्म विरुद्ध फेसबुकबाट नै मेयर शााक्यलाई सजग हुन आग्रह गरेको भएपनि ज्ञानेन्द्र कार्की टस न मस भएर बसेका छन् । उनी नै अहिलेसम्म सर्वेसर्वा भएर बसेपछि हरिकुमार श्रेष्ठ संघको कार्यालयमा नै बसेर झोक्र्याउन थालेको खबर छ ।
केही दिन अगाडि काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृत, प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीको समाचार भाईरल बनेपछि फेसबुक पेजमा लाईक गरेको भन्दै कार्यकारी अधिकृतले स्थानीय तह कर्मचारी संघ कामपा इकाईका उपाध्यक्ष शम्भु बराललाई स्पष्टिकरण नै सोधेपछि त्यसले निकै नै चर्चा पाएको थियो । 
पशुपति शम्शेर राणाको दाहिना भएर कहिले राजावादी त कहिले माओवादी बन्दै अहिले एमाले बनेका कार्कीले नै उपाध्यक्ष बराललाई स्पष्टिकरणको लागि पत्र काटेपछि ओली पक्ष र नेपाल पक्षको गुट स्पष्टसंग झा“गिएको खबर छ । 
महानगरपालिकाले गर्ने जुनसुकै कार्यक्रममा पनि अहिले स्थानीय तह कर्मचारी संघका अध्यक्ष हरिकुमार श्रेष्ठलाई पुरै पाखा लगाउने काम भएको बताइन्छ । हरिकुमार श्रेष्ठलाई युवराज खनाल, नवराज ढकालहरूले माधवकुमार नेपाल पक्षधरको विल्ला ओडाईदिएका छन् । त्यसैकारणले पनि कांग्रेसका हरिहरू प्रशासन महाशाखामामा लिसो टा“सिए भैm बस्न पाईरहेका छन् । 
त्यही समूहले नै विद्या सुन्दर शाक्यलाई असफल बनाउनका लागि केशव स्थापितले स्थापना गरेको रेडियो मेट्रो एफ.एमलाई निजीकरणमा गर्नेे ग्राण्ड डिजाईन गर्दै मेट्रो करोडौं रुपैया“को भौतिक सामग्री निजी कम्पनीको हातमा सुम्पने योजना पनि बनाईरहेको खबर छ । अझ अर्को रोचक कुरा के छ भने २२ जना सञ्चारकर्मी हु“दाह“ुदै पनि महानगरपालिकाको टेलिभिजन कार्यक्रमलाई अर्कै केवल च्यानलबाट प्रशारण गर्ने योजना पनि युवराज खनाल, नवराज ढकालहरूल बुनिरहेका छन् । 
तर त्यसका विपक्षमा एमाले सांसद रामवीर मानन्धर उभिएका छन् । उनी भने हाम्रो काठमाडौंलाई महानगरपालिकाकै केवल च्यानका रुपमा स्थापित गर्ने, रेडियो र टेलिभिजन दुवै महानगरपालिकाको नियन्त्रणमा हुनु पर्ने अडानमा छन् । काठमाडौं महानगरपालिको पहिलो नगरसभाबाट नै यसलाई निर्णय गर्नुपर्नेमा उनी लविङ्ग गरिररहेका छन् । महानगरपालिकाको नियन्त्रणभन्दा बाहिर आफ्नै रेडियो टेलिभिजन भएका एकै ठाउ“मा राख्ने सकेमात्र त्यसले महानगरपालिकाको सूचना प्रवाह गर्न सक्नेमा उनी छन् । यसमा पनि एमालेको गुट उपगुटका कारणले कांग्रेस निकटले फाइदा लिईरहेको समेत बताइएको छ । जसको फलस्वरुप प्रेस युनियन मेट्रो शाखाका अध्यक्ष अहिले मेयर सचिवालयमा बसेर उनीमार्फत नै सूचना चुहाउने काम भईरहेको माधव नेपाल पक्षको आरोप लागिरहेको छ ।