🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टानमा कोष तानातान

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) पदाधिकारीहरूको गुटबन्दीका कारण संकटउन्मुख हु“दै गएको छ । ट्रेकिङ व्यवसायीहरूको हक हित गर्ने पवित्र उद्देश्य राखेर टानको स्थापना गरिएको भए पनि पछिल्लो समय टानमा स्वार्थहरूको सौदाबाजी मात्रै हुन थालेको खबर छ । 
टानमा सुरुदेखि नै अध्यक्ष चन्द्र रिजाल र कोषाध्यक्ष लीलाबल्लभ दाहालको गुट सक्रिय छ । यी दुई गुट टानलाई कब्जामा लिन लामो समयदेखि होडबाजीमा छन् । यही समूहको गुटगत स्वार्थका कारण आफ्ना नियमित गतिविधिहरूसमेत सञ्चालन गर्न नसकेको टान अहिले थप विवादमा फसेको खबर छ । संगठनलाई नियन्त्रणमा लिने दाउमा दुवै समूह आक्रामक रुपमा प्रस्तुत हुन थालेपछि विवाद उत्कर्षमा पुगेको हो । पछिल्लो समय विशेषगरी आर्थिक कारोबारमा कब्जा जमाउन दुवै पक्ष ज्यान छाडेर लागेका छन् । अध्यक्ष रिजाल कोषको रकम आफू अनुकूल खर्च गर्न नपाएपछि विधान नै संशोधन गरेर कोषाध्यक्षको अधिकार कटौती गर्ने मुडमा रहेको स्रँेतको दावी छ । २०७४ असार ३१ गते शनिबार बसेको टान कार्यसमिति बैठकमा अध्यक्ष रिजाललगायतले कोषाध्यक्षको आर्थिक अधिकार कटौती गर्नुपर्ने प्रस्ताव नै पेश गरेका थिए । टानको विधानमा आर्थिक कारोबारको अधिकार कोषाध्यक्ष, अध्यक्ष र महासचिवलाई दिइएको छ । कोषाध्यक्षले आफू अनुकूल खर्च गर्न नदिएपछि अध्यक्ष रिजाल समूहले उनको अधिकार कटौती गरेर उक्त अधिकार सहकोषाध्यक्षलाई दिनुपर्ने लबिङ गरिरहेका छन् ।
 केही दिनअघि मात्रै सहकोषाध्यक्षको हस्ताक्षर चल्ने गरी टानले सनराइज बैंकमा खाता खोलेको थियो । एकातिर कोषाध्यक्षको अधिकार विधानबाट हटाउने प्रस्ताव ल्याउने र अर्कातिर सहकोषाध्यक्षलाई अधिकारसम्पन्न बनाउ“दै लाने खेल अघि बढेपछि कोषाध्यक्ष दाहालको समूह कडा प्रतिरोधमा उत्रिएको छ । स्रोतका अनुसार, अध्यक्षले यस्तो प्रस्ताव ल्याएपछि असार ३१ गते शनिबार बसेको टान कार्यसमिति बैठकमा चर्काचर्की नै परेको छ ।  विधान संशोधनको विषयले बैठकमा झडपकै रुप लिन खोजेपछि बैठक स्थगित गरिएको भए पनि यो विवादले उग्र रुप लिने आ“कलन ट्रेकिङ व्यवसायीहरूले गरेका छन् । 
अध्यक्ष रिजाल समूह कोषाध्यक्षको अधिकार कटौतीका लागि विधान संशोधनको दाउमा लागे पनि अधिकांश कार्यसमिति सदस्यहरू यसको विपक्षमा देखिएको समाचार स्रँेतको दावी छ । कार्यसमिति सदस्यहरूको विरोधकै कारण असार ३१ गते शनिबार विधान संशोधनका लागि गरिएको प्रस्ताव रोकिएको छ । ‘अध्यक्ष रिजाल समूह आर्थिक कारोबारमा आफ्नो एकाधिकार कायम गर्ने दाउमा छ,’ स्रोतले भन्यो, ‘तर रिजाल समूहको यस्तो अभीष्टलाई  टान कार्यसमितिका अधिकांशले रुचाएका छैनन् ।’
टानको नेतृत्व रिजाल समूहले लिएदेखि नै टानमा भद्रगोल र बेथिती मौलाउ“दै थामीनसक्नु गरी बढेको  ट्रेकिङ व्यवसायीहरू बताउ“छन् । टान पछिल्लो समय आर्थिक रुपमा धराशयी बन्दै जा“दा यसले विगतमा सञ्चालन गर्दै आइरहेको नियमित कार्यक्रम त प्रभावित भएको छ नै कर्मचारीलाई तलब खुवाउनसम्म समस्या झेलिरहेको छ । टानलाई यस्तो हविगतमा रिजाल समूहले पु¥याएको आरोप लगाउदै उनको चर्को आलोचना हु“दै आइरहेको छ ।