🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अझै निर्माण सम्पन्न भएनन् प्रहरी चौकी

लमजुङ, ९ पुस (रासस) : जिल्लाको विकट दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ । नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताउनुभयो । 

  प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना रहेको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे दुईतले भवन रु एक करोड ४२ लाख ३५ हजार ८६१ लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

प्रहरी चौकीमा भान्सा, शौचालय, कार्यालयदेखि महिला–पुरुषका लागि फरक–फरक हिरासत निर्माण भएको छ ।     
त्यस्तै क्व्होलासोथर गाउँपालिका–९ गिलुङ टक्सारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु एक करोड ४७ लाख ६८ हजार ९८० लागतमा प्रहरी चौकी भवन निर्माण भएको छ । 

जिल्लामा अझै आधा दर्जन प्रहरी चौकीको आफ्नै भवन छैन । कतै सरकारी तथा विद्यालयका भवनमा त कतै घर भाडामा लिएर सेवा दिँदै आएको छ । प्रहरीको आफ्नै भवन नहुँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।  
–––