🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गायकद्वय कलौनी र मिस्टर आर जे लिएर आए ‘बनारसको साडी’

काठमाडौं, पुस ९ । अहिलेका दुई चर्चित गायक तथा तथा सर्जक नवराज कलौनी र राजेन्द्र भट्ट (Mr.RJ) अत्यन्तै नयाँ फरक शैलीको देउडा फ्युजन गीत ‘बनारसको साडी’ लिएर दर्शक श्रोता माझ फेरि आएका छन। मिस्टर आर जे को अर्को बलियो परिचय भने स्थापित र्यापर हो।  बेहुलो सिपाहि, चक्करी, मन ढुङ्गो जस्ता गीत बाट नेपाली साङ्गीतिमा गायक कलौनी उदाएका हुन भने राजेन्द्र भट्ट नेपाली सङ्गीत जगतको स्थापित नाम हो। 

सुदुरपश्चिमका मौलिक लोक भाकाहरुलाई समय सापेक्ष बनाई श्रोता माझ पुर्याउन गायक द्वय बिगत देखि भुमिका खेलिरहेका छन। यस गीतमा स्वर नवराज कलौनी र राजेन्द्र भट्ट (मिस्टर आर जे) ले भरेका छन भने शब्द रचना कलौनी कै रहेको छ। श्यामश्वेत रसाईलि द्वारा एरेन्ज गरिएको यस गीतको लय सङ्कलन कलौनी को रहेको छ भने लय परिस्कृत गायक द्वयले नै गरेका छन। गीतको भिडियो पाटो रङ्गीत बल्लभ उप्रेतीले गरेका छन।

सुदुरपस्चिमको लोक लयमा आधारित गीत बनारसको साडी गायक कलौनीको आमाको प्रेरणामा बनाईएको जानकारी भिडियोमा हेर्न सकिन्छ। पछिल्लो समयमा लोक भाकाहरुलाई परिस्कृत गरि दर्शक श्रोता माझ आईरहेका गायक कलौनीले अरु बिधाका गीत पनि गरेका छन। मिस्टर आर जे सङ्गको सङ्गीतिक सहकार्य ब्यक्तिगत रुपमा भने यो उनको तेस्रो हो। 

यस गीत बाट अन्य गीत भन्दा दर्शक श्रोता बाट फरक प्रतिक्रिया तथा माया पाउने अपेक्षा सर्जक द्वयले गरेका छन।