🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक पाइलटसँग अन्तरंग : ट्राफिकले जे भन्यो त्यही गर्नुपर्छ –किशोर श्रेष्ठ

(मानिसको स्वतन्त्र हुन खोज्ने जातै हो । हुन त प्राणी सबै स्वतन्त्र हुन पाए दंगदास हुन्छन् । चराचर पनि त्यस्तै हुन्छन् । मानिस भने व्यक्त गर्न सक्ने भएकाले पनि बढी स्वतन्त्र हुन खोज्छ । विश्वमा भइरहेका हिंसात्मक घटनादेखि परिवर्तनकारी इतिहास त्यसकै उपज हो । त्यही स्वतन्त्र हुन खोज्ने र आफूले गरेको कामको अवरोध कसैले नगरोस् भन्ने खोज्ने जातमा सडक पाइलट पनि पर्छन् जस्तो लाग्छ । किन कि उनीहरूका सबैभन्दा ठूला दुष्मन सम्भवतः ट्राफिक प्रहरी नै हुन् । ड्राइभर स्वतन्त्र भएर गाडी चलाउन खोज्छन् अनि ट्राफिक कानूनको पाठ पढाउँदै जथाभावी गर्न रोक्छन् । सायद यसैले होला बा २ ख ९६५७ नम्बरको गाडीका चालक किशोर श्रेष्ठलाई पनि त्यही रीस छ । नुवाकोटको त्रिशुलीका यी २४ वर्षे ठिटालाई पनि ट्राफिक प्रहरीले गर्ने व्यवहार खासै मन पर्दैन । तर कहिलेकाहीं गल्ती आफूबाट पनि हुने भने स्वीकार्छन् । साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरंगका लागि लिएको अन्तर्वार्ताको यो मुख्य अंश–सम्पादक)

कहिलेदेखि थाल्नुभयो गाडी चलाउन ? 
–गाडी चलाउन थालेको त वर्षौं भयो । तर नियमितरुपले चलाउन थालेको दुई वर्ष भयो । 

अलि बेलिबिस्तार लगाउनुस् न । के के गर्नुभयो ? 
–१३ वर्षको उमेरमै काठमाडौं आइयो । सुरुआती साँढे दुई वर्षजति नख्खिपोलको सुपर मार्केटमा काम गरें । त्यहाँको काम छोडेर दाइको ग्यारेज थियो ग्यारेजमा काम गरें । पैसा पनि राम्रै कमाइयो । ग्यारेजमा दुई वर्ष काम गर्दा गाडी पनि सिकियो । सानै उमेरमा गाडी चलाउन थालें । लाइसेन्स पनि लिएँ । अनि रहर लागेर गाडी चलाउन थालें । 

पढाइ नि ? 
–पढाइ त ५ कक्षासम्म पढियो । साथीहरूको संगतले पढ्न छाडेर काठमाडौं आइयो । अनि त पढाइ खत्तम भयो । साथीभाइको संगतले जोड काममै गयो । घरमा त गाली गर्नुहुन्थ्यो । तर पढिएन । अब त काममै लागियो नि ।

ढोकामा बस्न परेन ? 
–परेन । गाडी नै पहिल्यै चलाएपछि ढोकामा बस्न नपर्ने रहेछ । म भाग्यमानी नै परें । 

कस्तो छ त गाडी लाइन ? 
–रहरै रहरमा आइयो अहिले बल्ल चाल पाइयो । नराम्ररी फसियो जस्तो लागिरहेको छ । 

किन नि ? 
–अहिले दिक्क लाग्छ । कमाइ नै छैन । चलाउनमात्र रहर लाग्ने जस्तो भयो । ग्यारेजमै ठीक । पैसा पनि राम्रो कमाइने । फेरि दुनियाँकै गाली खानुपर्ने । 

क–कसको गाली ? 
–यात्रुलगायत सबैले गाली गर्छन् । यात्रुदेखि ट्राफिक प्रहरीसम्म । यात्रुले भनेकै ठाउँमा रोकेन भनेर गाली गर्छन् । कहिले त भाडा लिन पनि कचकच पर्ने । गाडीको स्टेयरिङ्ग छोएपछि तनाव सुरु भयो । त्यस्तै ट्राफिक प्हरी त झन् उसले जे चाह्यो त्यही गर्नुपर्ने । गाली पनि गर्छ अनि उसले जे भन्यो त्यही गर्नुपर्छ । कहिलेकाहीं गल्ती हामीले पनि गर्छौं । उसको मुडले जे भन्छ हामीले त्यो गर्नैपर्छ । 

के रहेछ त जिन्दगी ? 
–कामै नलाग्ने पनि हैन । काम लाग्ने पनि हैन । अर्काको गाली खाँदाखाँदा कामै लाग्ने जस्तो लाग्दैन । तर, जिम्मेवारी पनि छ । यति धेरैको ज्यान बोकिन्छ । सुरक्षित राख्ने जिम्मेवारी पनि छ । त्यसैले काम लाग्ने जस्तो पनि लाग्छ । यही सोच्दासोच्दै बित्यो जिन्दगी । जश भने कतैबाट पनि पाइँदैन । 

गाडी चलाउन कता मज्जा ? 
–मैले गाउँ (त्रिशुली) मा पनि माइक्रो चलाएँ । रिङ्गरोडमा पनि चलाएँ । रामेछापको मन्थलीमा पनि चलाएँ । मज्जा त बाहिरै चलाउन । आनन्द । काठमाडौंमा त धुलो र धुँवा बाहेक केही छैन । त्यसमाथि यात्रु र ट्राफिक प्रहरी !

अब के गर्ने मन छ त ? 
–सिकेको सीप यही हो । यही चलाइन्छ । 

आफ्नो कि साहुको ? 
–साहुको नि । आफ्नो त तनाव हुन्छ । मर्मत गर । के गर हैरान् । 

विदेशतिर ? 
–नजाने । मिहिनत गर्ने हो भने त विदेशभन्दा यहीं बढी कमाइन्छ । बचत गर्न पो जानिएन र । 

ड्राइभर बनेर के कमाइयो ? 
–केही कमाइएन । २÷४ लाख कमाइयो । आफ्नो शरीर खर्च गरियो । त्यत्ति हो ।  

चुनावमा भोट खसालियो ? 
–खसालिएन । रुची नै छैन । 

किन नि ? 
–अब भोट हाले पनि नहाले पनि आफ्नो काम नगरी खान पाइँदैन । आफै कमाएर खाने भएपछि के को भोट हाल्नु प¥यो र ?

तपाईको क्षेत्रमा को को उम्मेदवार छन् त ? 
–मेरो नुवाकोटको १ नम्बर क्षेत्र हो । को को उठेका छन् भन्ने पनि थाहा छैन ।