🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 प्रचण्डको चीन भ्रमण स्थगन रहस्यमय 

काठमाडौं । पार्टीको कार्यकारी अधिकार प्राप्त भएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई चीन भ्रमणको साइत जुरेको थियो । तर, चीन भ्रमणको मिति नजिकिंदै जाँदा पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपचारका निम्ति अस्पताल भर्ना हुनुपर्ने अवस्था आएपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई कारण बनाएर आफ्नो चीन भ्रमण स्थगित गरेको जनाएका थिए । अध्यक्ष दाहालले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष ओलीको स्वास्थ्यलाई कारण बनाएर आफ्नो चीन भ्रमण स्थगित गरेको घटनाले नेकपाभित्र अध्यक्ष दाहालप्रति सद्भाव बढेको छ । तर, नेकपा अध्यक्ष दाहालले आफ्नो चीन भ्रमण प्रधानमन्त्रीको स्वास्थ्यको कारणले नभएर भित्री तथा वाह्य कारणले स्थगित गरेको नेकपा सूत्र बताउँछ । 

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सामान्य अवस्थामा आएपछि उनी अस्पतालबाट बिदा भएर घर फर्किएको पनि चार दिन बितिसकेको छ । यदि प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारणले अध्यक्ष दाहालले आफ्नो चीन भ्रमण स्थगित गरेका थिए भने अध्यक्ष दाहालको अब चीन भ्रमण कहिले भन्ने जिज्ञासा राजनीतिक क्षेत्रले प्रकट गर्न थालेको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारणले चीन भ्रमण रोकिएको हो भने अब पुनः प्रक्रिया अगाडि बढाउनुपर्ने होे । तर, अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्यको कारणले होइन, चिनिया“ राष्ट्रपति सी जिङपिङसंग भेट हुन नसक्ने भएपछि आफ्नो चीन भ्रमण स्थगित गरेको नेकपाका नेताहरुको दावी रहेको छ । नेपाल, चीन, र भारतको राजनीतिप्रति ठाडो कान लगाउने कूटनीतिज्ञहरु चाहिं भारतले कन फुकेपछि प्रचण्डले चीन भ्रमण नगरेका हुन् भन्छन् । 

अध्यक्ष दाहालले पार्टीको कार्यकारी अधिकार प्राप्त गरेपछि गर्न लागेको चीन भ्रमणमा आफूनिकट आधा दर्जनजति नेकपा नेताहरुलाई भ्रमण टोलीमा समावेश गर्ने योजना बनाएका थिए । तर, चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट लगभग ६० जनाको नेकपा अध्यक्ष दाहाल नेतृत्वको टोलीलाई स्वागत गर्ने जनाइएको थियो । तर, अध्यक्ष दाहाललाई चिनिया “राष्ट्रपति सीसंग भेट वार्ता भने तय हुन सकेको थिएन । यही कारणले गर्दा नै प्रचण्डले चीनलाई घुर्की लगाएर चीन भ्रमण स्थगित गरेको स्रोतको दावी रहेको छ । चीन भ्रमण गर्दा चीनका राष्ट्रपति सीसंग भेटवार्ता गर्न नपाउँदा उनको ब्यक्तित्वमा आँच पुग्ने भएपछि नै घुक्र्याएर नेकपा अध्यक्ष दाहालले तय भएको भ्रमण पनि स्थगित गरेका हुन् । 

आफूलाई नेपालको भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै आएका नेकपा अध्यक्ष दाहालको वृहत् शान्ति सम्झौतामार्फत मूलधारको राजनीतिमा आएदेखि नै विश्व शक्ति राष्ट्र अमेरिकासंग राम्रो सम्बन्ध बन्न सकेको छैन । यसैगरी पछिल्लो समयमा नेकपा अध्यक्ष दाहालको भारतसंगको सम्बन्ध पनि पहिलेको जस्तो सुमधुर अवस्थाबाट गुज्रिराखेको छैन । राष्ट्रपति सीसंग भेटवार्ता गर्न नपाएपछि घुर्की लगाउँदै भ्रमण स्थगित गरेपछि अध्यक्ष दाहालको चीनसंगको सम्बन्धमा पनि तिक्तता आएको चीन निकट एक कूटनीतिज्ञले बताए ।

नेकपा अध्यक्ष दाहाल चीन भ्रमणमा गएपछि राष्ट्रपति सीस“ग भेटवार्ता गर्न पाउनुपर्ने अडानमा रहेका थिए । तर, २०७६ असोजमा चीनका राष्ट्रपति सीले नेपाल भ्रमण गरेदेखि नै चीनको तर्फबाट नेकपा अध्यक्ष दाहाललाई अवमूल्यन हुन थालेको छ । यसैको प्रतिक्रियास्वरुप नै चीन भ्रमणमा आउँदा पनि नेकपा अध्यक्ष दाहाललाई चीन सरकारको तर्फबाट राष्ट्रपति सीसंग उनको भेट आवश्यक नरहेको निष्कर्ष निकालेको देखिन्छ । 

 प्रधानमन्त्री ओलीको स्वास्थ्यको बहानामा तर चिनियाँ  राष्ट्रपति सीसंग भेट नहुने वास्तविक कारणमा स्थगित भएको नेकपा अध्यक्ष दाहालको अबको चीन भ्रमण अन्योलमा पर्न गएको छ । किनभने चीन सरकारको तर्फबाट नेकपा अध्यक्ष दाहाललाई राष्ट्रपति सीसंग भेटवार्ता गर्न तत्काल समय मिलाउने संकेत देखिएको छैन । 

भारत र अमेरिकासंग मधुर सम्बन्ध नभएका नेकपा अध्यक्ष दाहालको चीनसंग भने राम्रो सम्बन्ध कायम रहेको थियो । यही कारणले गर्दा नै सत्तारुढ नेकपाको कार्यकारी अधिकार प्राप्त गरेलगत्तै ठूलो टोलीसहित नेकपा अध्यक्ष दाहाललाई स्वागत गर्ने कार्यक्रम चिनियाँ  कम्युनिष्ट पार्टीले बनाएको थियो । तर, नेकपा अध्यक्ष दाहाल भने चीनका राष्ट्रपति सीसंग भेटवार्ता गर्ने अवसर उपलब्ध नहुने निहुँमा प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउँदै रहस्यमय तरिकाले चीन भ्रमण स्थगित गरेका छन् ।

नेकपा अध्यक्ष दाहालले प्रमको स्वास्थ्यको कारणले होइन, राष्ट्रपति सीसंग भेटवार्ता गर्न नपाउने कारणले यो भ्रमण स्थगित गरेको निष्कर्षमा चिनियाँ  पक्ष पुग्दा अध्यक्ष दाहालको चीनसंगको सम्बन्धमा नै असर पर्ने स्थिति उत्पन्न भएको छ । यही कारणले गर्दा नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारबाट सरकारी निवासमा फर्किसक्दा पनि अध्यक्ष दाहालले स्थगित गरेको चीन भ्रमणको कार्यक्रमलाई अगाडि बढाएको जानकारी हुन आएको छैन ।