दमौली : नेत्रविक्रम चन्द निकट मानिने विद्यार्थी भातृ सङ्गठन अखिल क्रान्तिकारी तनहुँकी जिल्ला अध्यक्ष ममता रुचाललाई प्रहरीले आज पक्राउ गरेको छ ।
सदरमुकाम दमौलीबाट ब्यासनगरपालिका—१ भादगाउँ तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेकी रुचालमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
–––



