🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘अँध्यारोमाथि विजय पाउने प्रेरणा प्राप्त होस्’

 काठमाडौँ, १२ कात्तिक (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । 

नेपालीहरुको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उहाँले सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । 

दिपावलीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सभापति देउवाले “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक वेषभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहीत बन्धुत्व भावले विविधताका बीचमा अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ,” भन्नुभएको छ । 

     
तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।