🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उद्योगपति सुरज वैद्य नेपाल भ्रमण वर्षको कार्यक्रम संयोजक 

काठमाडौँ, १६ कात्तिक  : सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज कात्तिक १६  गते  वैद्यलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन्। 

सरकारले २०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गर्न संयोजक आवश्यक परेको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले आगामी तीन वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजकमा वैद्यलाई नियुक्त गरिएको जानकारी दिएका  हुन् । सरकारले निजी क्षेत्रको सक्रिय सहभागितासहितको सहकार्यलाई अगाडि बढाएको र सो कार्यक्रमको सचिवालय नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष समेत रहिसकेका  वैद्य सार्क चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष हुन्  । (रासस)