🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अदालतका घुस्याहा खरिदार चौधरी पक्राउ 

काठमाडौं । अदालतमा हुने घुसखोरीले सेवाग्राही अति नै पीडित हुँदै आएका छन्।  अदालतका कर्मचारीबाट  सेवाग्राहीको गुनासोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत निगरानीमा राख्न थालेको छ।  

अख्तियारका  अनुसार, जिल्ला अदालत कलैया,बाराका डिठ्ठा ( खरिदार) सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा घुसको वार्गेनिंग गर्दागर्दै पक्राउ परेका छन्। 

 अदालतको काममा  विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले निज सुनिल चौधरीलाई सेवाग्राहीसँग रू.१८,०००।– (अक्षरुपी अठार हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।