🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लुम्बिनी प्रदेशसभा : अझै गठन हुन सकेन संसदीय समिति

तुलसीपुर, १२ वैशाख (रासस) : लुम्बिनी प्रदेशमा संसद् सुरु भएको चार महिनासम्ममा पनि संसदीय समिति बनेको छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्रवक्ता सम्झना सुवेदीले बताउनुभयो । “सबै दलबाट विवरण माग गरिएको छ, तर सबै दलले विवरण पठाउन सक्नुभएको छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि समितिहरूले पूर्णता पाउन सकेका छैनन् ।”

समितिले पूर्णता पाएमा संसद् अझ प्रभावकारी हुन्छ । संसद् र सरकार चुस्त तरिकाले चल्ने भए पनि अझै पनि संसदीय समिति बन्न नसकेको प्रवक्ता उहाँले बताउनुभयो । “कतिपय विधेयक समितिमा पठाउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “तर समिति नबन्दा अहिले त्यसो हुनसकेको छैन ।”

समिति निर्माणको प्रक्रिया भने अघि बढिसकेको उहाँको भनाइ छ ।  प्रदेशको पहिलो अधिवेशन गत १८ पुसमा भएको थियो । प्रदेशसभाको गत तीन माघमा बसेको तेस्रो बैठकले सभामुख र उपसभामुख निर्वाचित गरेको थियो ।

सभामुखमा नेकपा (माओवादी केन्द्र)का तुलाराम घर्ती र उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारूलाई निर्वाचित गरिएको थियो । त्यस्तै गत  ५ माघमा भएको चौथो बैठकबाट मुख्यमन्त्री लीला गिरीले माओवादी केन्द्रसहित ५७  प्रदेशसभा सदस्यको समर्थनमा विश्वासको मत पाउनुभएको थियो । 
–––