काठमाडौं, जेठ १९, २०७६ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ ।
जेठ १९ गते आइतबार आयोजित एक कार्यक्रममा बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाकाप्रहरी बरिष्ठ उपरिक्षक बसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै का.मु. कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
नेपालप्रहरीको समुदाय–प्रहरी कार्यक्रलाई सहयोग गरेकोमामहाशाखाको तर्फबाट प्रहरी बरिष्ठ उपरिक्षक पन्तले बैंकलाई धन्यवाद ज्ञापन गरे ।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक सुश्री आरती राणा, बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख बसन्तराज रेग्मी तथा बैक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



