🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खुटिया खोलाले लियो चार जीवन : एकै गाउँमा पस्यो शोकको छायाँ

कैलाली, भदौ १३ गते ।  भदाै १२ गते भल्कास्थित खुटिया खोलामा दिउँसोको घाम चर्किँदै थियो । बर्खे भेल बोकेर बगिरहेको खोलामा गाउँका चार युवाले पौडी खेल्दै रमाइलो गर्दै थिए । तर, केही मिनेटमै रमाइलो करुण चिच्याहटमा बदलियो गहिराे पानी भएकाे खोलाको तीव्र बहावले उनीहरूलाई एकै पटक तानेर तलै बगायो । चिच्याउने आवाज सुन्नासाथ स्थानीय दौडिए, तर खोलाको रफ्तारसामु मानवीय बलले हार मानेर उनीहरू आँखै अगाडि बेपत्ता भए ।

यी चार जीवनले खोलामा डुबेर गुमाएको कथा मात्र होइन, याे स्थानीय सरकार र समाजका लागि चेतावनी पनि  हो ।
👉 सुरक्षा बिना पौडी खेल्नु घातक हुन्छ,
👉 सावधानी बिना खोलामा पस्नु आत्मघाती हुन्छ,
तर यस्तै चेतावनी जीवन बिताइसकेका चार युवाले अब कसरी सुन्ने ?

खोजीमा रात बित्यो, बिहान शव भेटियो

परिवारले रातभर आकाशलाई हेरेर पर्खिरहे । कोही ढाडस दिन्थे, “अब आउँलान् कि ?” तर, खोलाको गर्जनले मात्र जवाफ दिन्थ्यो । सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी, नं. ४३ रिजर्भ गण वनबेहडाका गाेताखाेर र नेपाल प्रहरीको संयुक्त टोली स्थानीयवासीसँगै खोजतलासमा जुट्यो । अन्धकार रात, बढ्दो भेल र खोलाको गर्जनबीच खोजी कठिन थियो । अन्ततः निरन्तर प्रयासपछि बिहान सबेरै सबै चार जनाको शव खोलाको फरक–फरक स्थानमा भेटियो ।

चार घरमा चित्कार

बेपत्ता भएकामध्ये सबै एउटै गाउँका थिए । सबैतिर करुण राेदन सुनिन्थ्यो । चार घरमा एकै पटक पसाएको शोकले गाउँ पुरै स्तब्ध बनायो । दशैंकाे मुखमा आमा–बुबाका आँखामा आँसु, दाजुभाइ–दिदीबहिनीको छातीभित्र पीडा, गाउँभर मौनताको चिहान—खुटिया खोलाले गाउँलाई यसरी शोकसागरमा डुबायो ।

खुटिया खोलाले लिएका चार जीवन कहिल्यै फर्किँदैनन्, तर उनीहरूले छोडेको पीडाले भविष्यका लागि ठूलो पाठ भने दिइरहेको छ-खोलाको भेलसँग खेल्ने रमाइलो कहिल्यै रमाइलो हुँदैन, त्यो त प्राण घातक जुवा हो । 

प्रत्येक वर्ष दोहोरिने त्रासदी

तर, खुटिया खोला मात्र होइन, कैलालीलगायत तराईका खोला–नालामा यस्तो त्रासदी हरेक वर्ष दोहोरिन्छ । गर्मी वा बर्खामा पौडी खेल्ने क्रममा बालक र युवाहरूले ज्यान गुमाउने क्रम बढ्दै गएको छ । तर, सावधानीको चेतना, जोखिमको सूचना, चेतावनी बोर्ड कतै छैनन् । जनताकाे दुर्भाग्य ! समस्यामा  न त स्थानीय सरकार गम्भीर देखिन्छ, न त समुदायले यसलाई सामूहिक चेतनाको विषय बनाएको छ ।

चेतावनीको संकेत

यी चार जीवनले खोलामा डुबेर गुमाएको कथा मात्र होइन, याे स्थानीय सरकार र समाजका लागि चेतावनी पनि  हो ।

👉 सुरक्षा बिना पौडी खेल्नु घातक हुन्छ,
👉 सावधानी बिना खोलामा पस्नु आत्मघाती हुन्छ,
तर यस्तै चेतावनी जीवन बिताइसकेका चार युवाले अब कसरी सुन्ने ?

निष्कर्ष : शोकलाई पाठमा बदल्न सकाैं ?

आज भल्कामा चार परिवार असह्य पीडामा छन् । गाउँभर नदेखिने मौनता छ । शवलाई सेती प्रादेशिक अस्पताल धनगढी लगेर पोस्टमार्टमपछि परिवारलाई बुझाइयो ।
तर, प्रश्न भने यतै छ-👉 के यो शोक अर्को वर्ष फेरि दोहोरिने हो ?

👉 वा, आजैदेखि गाउँ, स्थानीय सरकार र समाजले सचेत कदम चाल्ने हो ?

खुटिया खोलाले लिएका चार जीवन कहिल्यै फर्किँदैनन्, तर उनीहरूले छोडेको पीडाले भविष्यका लागि ठूलो पाठ भने दिइरहेको छ-खोलाको भेलसँग खेल्ने रमाइलो कहिल्यै रमाइलो हुँदैन, त्यो त प्राण घातक जुवा हो ।