🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नगरकोटमा अतिक्रमित २० टहरा भत्काइयो

भक्तपुर, १९ जेठ (रासस) : चाँगुनारायण नगरपालिकाले पर्यटकीय क्षेत्र नगरकोटमा अतिक्रमण गरी बनाइएका घरटहरा जेठ १९ गतेदेखि भत्काउन शुरु गरेको छ । सरकारी तथा सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका नगरकोटका टहरा डोजर लगाएर भत्काइएको हो । 

    नगरपालिकाले पटक–पटक अतिक्रमित वन क्षेत्र तथा सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनेका घरटहरा तथा छाप्रा हटाउन सार्वजनिक सूचना गर्दासमेत अटेर गरी नहटाएपछि प्रहरीको सहयोगमा नगरकोट क्षेत्रमा बनेका २० अतिक्रमित घरटहरा भत्काइएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए  । 

    उनले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, चाँगुनारायण नगरपालिका र जिल्लास्थित सुरक्षा निकायको संयुक्त प्रयासमा अतिक्रमित घरटहरा भत्काउन शुरु गरिएको बताए  । नगरपालिकाले अतिक्रमण गरेर बनाएका घरटहरा स्थानीय आफैँले भत्काउन अल्टिमेटमसहितको सूचना जारी गरेको थियो । 

    वडा नं ६ नगरकोटस्थित सनसेट भ्यू प्वाइण्ट, गड्गडे बसपार्क क्षेत्र र कुसुम सामुदायिक वन क्षेत्रमा सामुदायिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका २० वटा टहरा भत्काइएको जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनालले जानकारी दिए  । उनले अतिक्रमित टहरा भत्काउने कार्य तीन चरणमा गरिने बताए  ।

पहिलो चरणको कार्य सम्पन्न भइसकेपछि दोस्रो चरणमा टावरमुनि र भट्टेडाँडा बजारका सरकारी जग्गामा बनेका टहरा भत्काउने तथा तेस्रो चरणमा खरिपाटीदेखि गड्गडेसम्मका अतिक्रमित टहरा भत्काइने प्रमुख मिश्रले जानकारी दिए  ।