🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किसान सञ्जालद्वारा कालीमाटी तरकारी तथा फलफूल बजारमा समितिमा धर्ना

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले आज कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको छ । धर्नामा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले किसान र उपभोक्ता दुवैको हितको लागि सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र जस्ता कार्यक्रमहरुको आयोजना गरेको बताएका छन् । 


उनले बजारमा सबैको समान पहुँच र व्यवहार हुनुपर्ने भन्दै त्यसको लागि करारको व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार बनाउनु पर्ने बताए ।  


उनले भने, किसानले उत्पादन गरेको फलफूल यो बजारमा सबैले बेच्न पाउनु पर्छ सबैको समान पहुँच हुनुपर्छ समान व्यवहार हुनुपर्छ । यहाँ गत केही वर्षदेखि १५ / १५ वर्ष करारमा दिने व्यवस्था गरिएको थियो, त्यो व्यवस्था हटाएर खुल्ला प्रतिष्पर्धाको बजार होस् जुन बजारले किसानहरुको पनि हित होस् र उपोभोक्ता पनि ठगीमा नपरोस भनेर नै हामी आज यहाँ आएका हौ । आज हामीले सातै प्रदेशमा धर्ना, ज्ञापन पत्र कार्यक्रमहरु गरेका छौ । ’ 

कालीमाटी तरकारी तथा फलफूल बजार देशको केन्द्रीय कृषि बजार भएपनि यहाँ विभिन्न किसिमको विकृतिहरु देखा परेको पनि सञ्जालको ठहर छ । 


कालीमाटी बजारका सटर र स्टलहरु खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाईयोस्, बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याइयोस्, किसान र उपभोक्ता हित विरोधी निणर्य खारेज गर, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर भन्ने मागसहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।