🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वी अफगानिस्तानमा आत्मघाती आक्रमण, कम्तिमा १६ को मृत्यु

जलालाबाद, २२ फागुन : अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । 

यस युद्धगस्त देशमा यो पछिल्लो रक्तपातपूर्ण घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रान्तीय प्रवक्ता अत्ताउल्लाह खोग्यानीले यस आक्रमणमा परी १६ जनाको मृत्यु हुनुको साथै अन्य ९ जना घाइते भएका पुष्टि गरेका छन् ।  

यसअघि नै प्राप्त समाचारमा जलालाबाद विमानस्थलको अगाडिको एक निजी कम्पनीलाई लक्ष्य गरेर आतङ्ककारीहरुले आक्रमण शुरु गरेका र विस्फोटपछि ठूलै मानवीय तथा सम्पत्तीको क्षतिको आशङ्का गरिएको थियो । (रासस/एजेन्सी)