🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रम्प–किम वार्ताका लागि सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुर, २४ जेठ : सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जाने भएको छ । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो । 

यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ । 

सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर, वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन् । 

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो । 

वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्यौलमा परेको थियो । तर नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले वार्ताको तयारी भइरहेको हो । 

उत्तर कोरियाका उच्च अधिकारीहरूको गत हप्ता भएको भ्रमणको बेलामा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाएका थिए ।

वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो । वार्ता सुनिश्चित भएपछि अहिले दुई पक्षीय भ्रमण, उच्चस्तरीय छलफलहरू तीव्ररूपमा भइरहेका छन् । 

विश्वकै ध्यान खिचेको वार्ता अत्यधिक महंगो र सुविधा सम्पन्न होटलमा गराउने सिंगापुरको तयारी छ ।