काठमाडौं, २४ जेठ अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व सदस्यहरु रुस विश्वकपमा जाने भएका छन् । पूर्व प्रवक्ता संजीव मिश्र र पूर्व केन्द्रीय सदस्य एवं उपाध्यक्षका उम्मेदवार रमेश रायमाझी रुस जान लागेका हुन् ।
उनीहरु शुक्रबार रुस जाने छन् । उनीहरुको साथमा खेलाडी १२ वर्षे गिरिश मास्के र पत्रकार १२ वर्षे अनमेश रायमाझी पनि साथै जाने छन् ।
मैत्रिपूर्ण कार्यक्रम अन्तर्गत छैटौं गाजप्रोम फुटबलमा सहभागी हुन चारै जना जान लागेका हुन् । अहिलेको नयाँ कार्यसमिति भने अचम्ममा परेको छ । पहिले नै यो कार्यक्रममा सेटिङ मिलाइसकेको भन्दै केहीले आक्रोश पोखेका छन् ।



