🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३५ औं आलोक स्मृति दिवस तथा श्रद्धान्जली सभा सम्पन्न

बुटवल, २२ फागुन : शहिद यादवनाथ आलोक स्मृति केन्द्र तिलोत्तमा–१३ बनकट्टी रुपन्देहीले ३५ औं आलोक स्मृति दिवस मनाएको छ । 

दिवसकै अवसरमा केन्द्रले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको हेलीकप्टर दुर्घटनामा भएको निधनलाई स्मरण गर्दै श्रद्धान्जली सभा कार्यक्रम पनि सम्पन्न गरेको छ ।  

स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका व्यक्तित्वहरुको उपस्थितिमा यादवनाथ न्यौपाने (आलोक), भरतमोहन अधिकारी र रविन्द्र अधिकारीको तस्विरमा माल्यार्णपण गर्दै हेलिकप्टर दुर्घटनामा दिवंगत अन्य व्यक्तिहरुको सम्झनामा सम्मान सहित ३५ औं आलोक स्मृति दिवस मनाएको हो ।  

विसं १९९८ पौष २ गते पाल्पामा जन्मिएर रुपन्देहीलाई कर्मथलो बनाएका यादवनाथ न्यौपाने (आलोक) २०४० सालमा पञ्चायती निरंकुश शासन सत्ताको विरुद्धमा जनताको लडाईमा अग्रसर थिए । सोही अन्र्तगत रुपन्देही सूर्यपुरामा भएको प्रजातन्त्र प्राप्तिको लागि निरंकुश पञ्चायती शासन विरुद्धको लडाईमा ज्यान गुमाएका थिए । 

संगठित प्रजातान्त्रिक अभियानको नेतृत्व गरेका गिरिजा प्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतका राष्ट्रिय स्तरका नेता तथा कार्यकर्ता सम्मलित भेलामा अकस्मात पञ्चायती शासकहरुले गरेकोे आक्रमणलाई प्रतिकार गर्ने क्रममा मृत्यु भएको थियो । 

सोही अवसरमा बोल्ने अधिकांश वक्ताहरुले यादवनाथ आलोक राष्ट्रका एक सच्चा नागरिकको रुपमा आफुलाई स्थापित गरेर जनताको प्रजातान्त्रिक अधिकारको लडाईमा ज्यानको बाजी लगाई आफ्नो जिवन व्यतित गरेर सहिद भएतापनि उनलाई राष्ट्रिय सहिदको रुपमा घोषित गर्न नसकिनु विडम्बनाको विषय भएको धारणा राखे । 

यादवनाथ न्यौपाने (आलोक) को नाममा २०५३ सालमा साविक टिकुलीगढ गाविस र हालको तिलोत्तमा नगरपालिका १३ को बनकट्टीमा सहिद यादवनाथ आलोक स्मृति केन्द्रको स्थापना गरेर वर्षेनि स्मृति दिवसको रुपमा मनाइँदै आएको छ ।