🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यामरुन : १ सय भन्दा बढी विद्यार्थी र शिक्षक अपहरित

याओंडे, ५ फागुन : क्यामरुनको एक निजी कलेजका १ सय भन्दा बढी विद्यार्थी र शिक्षकहरु अपहरणमा परेका छन् । 

यसअघि प्रशासनले पश्चिमोत्तर इलाकामा शनिबार ११ विद्यार्थीहरु र ३ शिक्षकलाई अपहरण गरिएको बताएको थियो । तर कलेजको एक वरिष्ठ प्रशासकले भने, विस्तृत जाँचबुझपछि १ सय भन्दा बढी विद्यार्थीहरु र शिक्षकहरुलाई अपहरण गरिएको छ । 

अपहरणमा पर्नेहरुमा शिक्षकभन्दा धेरै विद्यार्थीहरु रहेका छन् । वास्तवमा कलेजमा रहेका सबै विद्यार्थी र शिक्षक अपहरणमा परेका हुन् । हामीलाई थाहा छैन, उनीहरु कहाँ छन् । अब हामी अपहरणकर्ताको फोन कुरेर बसेका छौं । उनले भने । 

सशस्त्र अलगवादी नोबेम्बर २०१७ देखि क्यामरुनको पश्चिमोत्तर र दक्षिणपश्चिमका अंग्रेजी बोल्ने दुई क्षेत्रबीच स्वतन्त्रताका लागि सरकारी पक्षसँग संघर्ष गरिरहेका छन् । अलगाववादिहरुले त्यस क्षेत्रका शैक्षिक क्षेत्र बन्द गर्न दबाब दिइरहेका थिए । (एजेन्सी)