🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अफगानी सुरक्षा कारबाहीमा २१ तालिवान लडाकूको मृत्यु

काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ ।  फगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ । 

बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने अर्का एक जना घाइते भएका हुन् । त्यहाँ सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । पहिलो आक्रमण क्वाडीस जिल्लाको क्वार्चाघी गाउँमा भएको अफगान राष्ट्रिय सैनिक विषेश बलको टोलीले जनाएको छ ।

घटनाका क्रममा स्थानीय गाउँले तर्फ र सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको पनि सुरक्षा अधिकारीहरुले दावी गरेका छन् ।  त्यसैगरी अर्को घटना गजनी प्रान्तमा भएको हो । त्यहाँ नौ जना मारिएको र अरु छ जना घाइते भएको सुरक्षा निकायले जनाएको छ । आन्द्र जिल्लाको चाहर डेवार भन्ने ठाउँमा भएको जनाइएको छ । 

अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरुले देशका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाउँदै आएका छन् । पछिल्ला दुवै घटनाका बारेमा तालिवान विद्रोहीहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । (रासस÷सिन्ह्वा)