🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रा. सुवेदीको नाममा स्थापित पुरष्कार डा. आइडेन लेर्चलाई प्रदान

लन्डन, असार १८।  विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापना गरिएको वार्षिक विद्यावारिधि शोध पुरष्कार यस वर्षका विजेताको घोषणा गरेको छ। विश्वविद्यालयको कानून संकायअन्तर्गत प्रदान गरिने यो प्रतिष्ठित पुरष्कार डा. आइडेन लेर्चलाई प्रदान गरिएको हो।

डा. लेर्चको शोध "न्यायालयहरूले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट रोक्न कस्तो प्रकारका आदेश दिन सक्दछन्?" भन्ने विषयमा केन्द्रित छ। अक्सफोर्ड विश्वविद्यालयको अनुसार, यो शोधले न्यायिक प्रक्रियामा अन्तरिम आदेशको औचित्य र प्रभावकारिता विषयमा महत्वपूर्ण विश्लेषण प्रस्तुत गरेको छ।

उनको शोध यस वर्ष कानून संकायभित्र विद्यावारिधि तहको सर्वोत्कृष्ट शोधग्रन्थ का रूपमा छनोट भएको हो।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका प्रा. सूर्यप्रसाद सुवेदीको नाममा यो वार्षिक पुरष्कार सन् २०२० मा स्थापना गरिएको हो। यसअघि सन् २०१९ मा विश्वविद्यालयले प्रा. सुवेदीलाई प्राज्ञिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै सर्वोच्च उपाधि "Doctor of Civil Law (DCL)" प्रदान गरेको थियो।

प्रा. सुवेदी हाल बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक छन्। साथै उनी बेलायतमा ब्यारिस्टर र केसी (King's Counsel) समेत हुन्।

अन्तर्राष्ट्रिय कानुनी क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजले दुई वर्षअघि उनलाई "आजीवन मानार्थ प्राज्ञ" (Honorary Fellow) को रूपमा चयन गरेको थियो।

प्रा. सुवेदीको नाममा स्थापित यस पुरष्कारले अन्तर्राष्ट्रिय स्तरमा नेपाली बौद्धिक योगदानलाई प्रतिष्ठा दिलाएको छ। अक्सफोर्डजस्तो विश्वविद्यालयमा नेपाली मूलका बौद्धिक व्यक्तित्वको नाममा स्थायी स्वरूपको पुरस्कार स्थापना हुनु गौरवको विषय हो।