🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा अनुप खनालद्वारा उम्मेदवारी

काठमाडौं , २ असार । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागि बर्तमान कार्यसमितिका सचिव अनुप खनालद्वारा युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । 

‘युवाहरुहरुको बृहत सहभागिता, संस्थाको दिगो सफलता’ भन्ने नारा सहित उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका  हुन । 

गैर आवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउने क्षमता भएका खनालले गैर आवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको बताएका छन । गफ गर्नलाई होइन काम गर्नलाई आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । 

वर्तमान कार्यसमितिका सचिव खनालले आफ्नो कामको मुल्याकंन गर्न समस्त अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन । नेपाल र नेपाली समुदायको लागि निरन्तर सेवा गर्ने हुटहुटि कायमै रहेको जनाउँदै अबका दिनमा अझ सक्रियता सहित अगाडि बढन खोजेको उनको भनाइ छ ।