🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिका–६ स्थित गोरुचौरमा नेपाली सेनाले सञ्चालन भएको एकदिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय ५६ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

    सेनाको २४ नंं गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘जनरल फिजिसियन’, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीद्वारा सोमबार सम्पन्न शिविरमा स्थानीयवासीको स्वास्थ्य जाँच गरिएको सेनाले जनाएको छ ।

    यहाँको कनकासुन्दरी, सिञ्जा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिका स्थानीयवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिला ३१९, पुरुष १८४ र बालबालिका ५३ जनाले सेवा लिएको देवीदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जानकारी दिनुभयो ।

    कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पालिकामै पुगेर यहाँका स्थानीयवासीको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकामा सेनालाई धन्यवाद दिनुभयो । नागरिक र सैनिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

    उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ ।