🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सार्वजनिक बिदामा पनि रामेछाप प्रशासन खुल्ने (सूचना सहित)

रामेछाप, २१ वैशाख । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिइरहेको छ । उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले बिहीबार सूचनामार्फत जानकारी गराएको हो । 

शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका लागि वैशाख पूर्णिमा, श्रीकृष्ण जन्माष्टम, रक्षाबन्धन, घटस्थापना, क्रिसमस, उभौली, धान्यपूर्णिमा, तमु ल्होसार, माघी, सोनाम ल्होसार, महाशिवरात्री र ग्याल्पो ल्होसारका दिन कार्यालयबाट सेवा संचालन हुनेछ ।

त्यसैगरी ईद, बकरईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिनमा पनि कार्यालय खुल्ने जनाइएको छ । सार्वजनिक बिदाका दिन नागरिकता प्रमाणपत्र जारी हुने, राहदानीको सिफारिस हुने र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा संचालन हुने उक्त कार्यालयले जनाएको छ । बिदाका दिन मुद्दा, प्रशासन, संघसंस्थालगायतका अन्य शाखाको काम भने हुने छैन ।

यसअघि उक्त कार्यालयले कार्यालयको सेवासम्बन्धी सम्पूर्ण फारामहरु नि:शुल्क उपलब्ध गराउनुका साथै अनलाइन फर्मसमेत कार्यालयबाटै भरीदिने गर्दै आएको थियो ।

\"\"