🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हुम्लामा कमलको नाममा कचकच

हुम्ला । नयाँ बन्ने नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवमा कमल बोहराको नाम सिफारिसमा परेपछि हुम्लामा कार्यकर्ताबीच कचकच सुरु भएको खबर छ । 

हुम्लामा तत्कालीन माओवादी केन्द्रलाई अध्यक्ष र एमालेलाई सचिव पद भाग परेको छ । अध्यक्षका लागि लालकेश जैसी र डा. दीपेन्द्र रोकाया मध्ये एकजना बन्ने पक्का छ । सचिवमा तत्कालीन एमालेका तर्फबाट कमल बोहरा, गोकुल बुढा र पूर्णप्रकाश ढकाल मध्ये एकजनाको नाम छनौट हुनेछ । बोहरा अनेरास्ववियूको जिल्ला अध्यक्ष हुदै तत्कालीन एमाले जिल्ला कमिटी सदस्य रहेका थिए । 

गोकुल बुढा वडा अध्यक्ष पनि भएकाले एउटै व्यक्ति दुइटा कार्यकारी पदमा बस्न नमिल्ने कार्यदलको नियम रहेको छ । सचिवका अर्का आकांक्षी ढकाल यस अघि विभिन्न विकासे उपभोक्ता समितिमा रहँदा आर्थिक अनियमितताका मुद्दामा विवादित बनेका थिए ।

सचिवका आकांक्षीमा रहेका अन्य स्थानीय नेताहरूको पनि जिल्लामा विवादित छवि छ । नाम सिफारिस गर्ने कार्यदलको जिम्मेवारी पाएका पूर्व एमाले जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी र अध्यक्ष दल रावलमाथि नयाँ बन्ने नेतृत्वमा स्वच्छ छविका व्यक्ति पठाउन दबाव रहेको बताइन्छ । नेकपाको नयाँ बन्ने १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा सचिवको नेतृत्वमा ६९ जना पूर्व एमालेबाट रहने छन् । 

सचिवमा पूर्व एमालेमा जिल्ला उपाध्यक्ष रहिसकेका ज्ञानी बुमी सचिव तीर्थराज रोकाया र हस्तबहादुर शाहीको नाम पनि चर्चामा रहेको थियो तर यी तीनैजना नेताहरूमध्ये केही स्थानीय तथा संघीय निर्वाचनमा अन्तर्घात गरेको त कोही अर्थिक अनुशासन उलंघनमा मुछिएको भन्दै अलोचित रहेका छन । 

नेता बुमी माथि गत निर्वाचनमा अन्तर्घात गरेको र नेरघाट जलविद्युत आयोजनामा आर्थिक अनियमितता गरेको आरोप छ । युवा संघका पूर्व उपाध्यक्ष समेत रहेको हस्त बहादुर शाहीमाथि भूगोलमा नखटिने र काठमाण्डौंमै बसिराख्ने जिल्लाका कार्यकर्ताको गुनासो रहँदै आएको छ । निर्वाचनका बेला आफ्नै पार्टीका उम्मेद्वारहरूलाई असहयोग गरेको आरोप पनि शाहीमाथि छ भने तीर्थराज रोकायाले संघीय निर्वाचनका प्रचार प्रसारका लागि संकलित चन्दा २ लाख ५० हजार रुपैयाँ हिनामिना गरेको नेकपा हुम्लाका कार्यकर्ताहरू बताउँछन । 

कार्यदलले कमल बोहरालाई पार्टी सचिव बनाउन एकल नाम सिफारिस गरेको भन्दै केही जिल्ला नेताहरू विवाद गर्न थालेका छन् । कार्यदलका सदस्य तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले  सचिवमा नाम सिफारिस बारे छलफल भइनसकेको साँघुलाई बताए ।

हुम्लाका कतिपय नेताहरूले विगतमा विकास निर्माणका लागि गठन भएका उपभोक्ता समितिको नेतृत्वमा रहेर भ्रष्टाचार गरेको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत हालेको बताइन्छ । 

स्वच्छ छविको नेतृत्व निर्माण गर्न हरेक नेताहरूको असल र खराब पृष्ठभूमिलाई केलाउदै कार्यदलले नाम सिफारिस गरेको दाबी गरेको छ ।