🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हिमालय टेलिभिजन :  ‘मिस यू’ ललित–च्याङ !

काठमाडौं ।  हिमालय टिभी एउटा यस्तो टेलिभिजन हो जहाँ  अन्य टिभीमा नभएका जात्रा हुने पुरानै रोग हो । नया“ मालिक आएपछि यो रोगको उपचार हुने संचारकर्मीहरूको अपेक्षा पानीपानी भएको गुनासो छ । ‘‘पत्रकारिता पढेका, पत्रकारिता गरेका श्रमजीवीको मर्का बुझ्ने, पत्रकारको हित गर्ने अपेक्षा गरेको नेतृत्व असहिष्णु बनेर पो निस्किन पो थाले बा !’’ भन्ने गुनासो रहेको छ । सुरुमा पत्रकार, पुराना मालिक बसेर गरिएको बैठकमा गरेका प्रतिबद्धता भुलेर पुराना पत्रकार, कर्मचारीलाई नेतृत्वले दुश्मन जस्तै हेप्ने र दबाउने शैली अपनाएको गुनासो प्राप्त भएको छ । 

महासंघका अध्यक्षलाई चेतावनी

पत्रकारको हकहितका बारेमा कुरा उठाउने नेपाल पत्रकार महासंघ हिमालय शाखाका अध्यक्ष वाईपी घिमिरेलाई महासंघ विघटन गर्न घुमाउरो भाषामा चेतावनी दिइसकेको बताइन्छ । ‘तपाईहरूको हकहित सबै हामीले गरेपछि किन चाहियो महासंघ ? त्यसैले दुईटा पद (महासंघ शाखा अध्यक्ष र बरिष्ठ क्यामरापर्सन) लिएर नबस्नुस् वाइपीजी’ भनेर मालिकहरूले भनेको बताइन्छ । महासंघको अध्यक्षबाट राजीनामा दिएपछि आफूलगायत सबै पुराना कर्मचारीलाई निकाल्न सजिलो हुने तथ्य राम्रोसंग बुझेकाले घिमिरेले मुसुमुसु हाँसेर टार्ने गरेको पत्रकारहरू चर्चा गर्दछन् । 

डाइनिङ पार्कमा शाखा कार्यालय

पुराना कर्मचारी मरिमेटी घोटिइरहेको समयमा नयाँ सम्पादक विनोद ढुंगेल दुई सारथी सुशील अर्याल र मधुसुदन पन्थी डाइनिङ पार्क रेस्टुरन्टमा टिभी हेर्दै पुराना कर्मचारीको खिल्ली उडाउँदै र यिनीहरूलाई कसरी निकाल्ने भन्ने योजना बनाउ“दै बस्ने गरेको चर्चा पनि छ । स्रोत भन्छ, पुराना कर्मचारीको नामै तोकेर यसलाई यसरी निकाल्ने, त्यसलाई त्यसरी निकाल्ने भन्ने योजना बनाउ“छन् ।

विभिन्न रेडियो, टिभी छोडेर आएका पत्रकारहरूलाई रेस्टुरन्टमै राखेर तत्काल टिभीमा नजान र त्यहा“ भएका पुराना पत्रकारसंग घुलमिल नहुन निर्देशन दिइरहेको चर्चा पनि छ । पुराना कर्मचारीको व्यवस्थापन(निकाल्ने काम) नगरेसम्म टिभी उँभो लाग्दैन भन्ने ठहरमा मालिकहरू पुगेको पनि बताइन्छ । 

 सम्पादक ढुंगेल टिभीका पुराना पत्रकारलाई देखि सह“दैनन् भन्ने आरोप छ ।  सम्पादक न त नमस्ते नै राम्ररी फर्काउँछन् न त बोल्छन् । अह्राइपह्राइ गर्नु त टाढाको कुरा । 

नियुक्ति पत्र प्रशासन मै 

नया“ आर्थिक वर्षमा कम्पनीले कर्मचारीलाई नया“ नियुक्तिपत्र दिन्छन् । नियुक्तिपत्रको सक्कल कर्मचारीले लैजान्छन् । नक्कल निकालेर सही गर्न लगाएर प्रशासनले राख्छन् । अन्यत्र मात्र होइन हिमालय टिभीको पुरानो म्यानेजमेन्टसंग आठ वर्षदेखि यही प्रक्रिया चल्दै आइरहेको थियो । तर, यो पटक आर्थिक वर्ष सकिएको एक महिनापछि नियुक्ति दिन थालेको हिमालयको नया“ म्यानेजमेन्टले पुराना कर्मचारी जतिको नियुक्तिपत्र आफैंले राख्ने गरेको गुनासो छ । २०७५ साउनको अन्तिमदेखि नियुक्ति दिन थालेको कम्पनीले अहिलेसम्म नियुक्तिपत्र दिई भ्याइसकेको छैन ।

वर्षौँदेखि अनवरत काम गर्दै आएकाको तलब नबढेपछि (अझ केहीको त बेसिक तलब घटाइएको छ) केहीले नियुक्ति पत्र लिन मानेनन् । तर, कि नियुक्ति पत्रमा सही गर्न कि छाडेर जाने प्रशासन प्रमुख भगवान् श्रेष्ठमार्फत उर्दी जारी गरिएको छ । धम्की दिएर नियुक्तिपत्रमा हस्ताक्षर गर्न लगाए पनि नियुक्तिपत्र कर्मचारीलाई दिन नमिल्ने भन्दै राख्ने गरिएको छ । ‘मेरो नियुक्तिपत्र खिचेर लैजान्छु’ भन्नेलाई श्रेष्ठले धम्क्याउने गरेको गुनासो छ ।

जम्मा १२ बुँदा भएको नियुक्तिपत्रमा अगाडि ६ बुँदा र पछाडि ६ बुँदा छ । कर्मचारीले दोस्रो पृष्ठमा मात्र सही गर्नुपर्ने हुनाले  पहिलो पृष्ठ (जहाँ  तलबलगायतका कुरा छन्)मा गडबडी गर्न लागेका त होइनन् भन्ने आशंका पुराना कर्मचारीमा व्याप्त छ । होइन भने नियुक्ति पत्र किन राख्नुपर्ने कार्यालयमै ?

पुरानालाई सास्ती नै सास्ती

जिल्लाका साथीहरूलाई वर्षौंदेखिको तलब दिइएको छैन । विचराहरू दिनहुँ  फोन गर्छन् तर समस्या समाधान हुँदैन । ०७२ साल उताको त पोलेर नै खाइएको छ । ०७२ सालयताको हिसाब भएपनि दिने नामनिशान छैन । स्वामित्व लिएपछि नया“ मालिकले बेहोर्नु पर्छ कि पर्दैन ? सम्पादकले समेत भोलि हुन्छ भोलि हुन्छ भन्दै झुलाउने गरेको गुनासो जिल्लाका पत्रकारहरूको छ ।

तलबको अत्तोपत्तो छैन

‘‘सुरुमा आउँदा हामी महिना मरेपछि ७ गतेभित्र तलब दिन्छौं भनेर प्रतिबद्धता जनाएको ब्यवस्थापकले यो समाचार लेखिरहँदा भदौ १७ गते दिउ“सोसम्म पुराना कर्मचारीको तलब दिइएको छैनन्, डाइनिङ पार्क रेस्टुरन्टमा दिनभर बसेर जागिर पकाउनेको उनै जानून् । ढिलोचाँडो  त त्यस्तै हो । कमसे कम हामीहुलाई यस्तो छ, यति समयमा दिन्छौं भन्न त सकिन्थ्यो नि ।’’ पीडित पत्रकारहरू गुनासो गर्छन् । 

मिस यू ललित–च्याङ

‘‘पहिलेका मालिक बाउछोरा(ललित–च्याङ अग्रवाल)भित्र जेजस्तो समयमा तलब नदिए पनि बाहिर चाहिं पत्रकार कर्मचारीलाई राम्रो व्यवहार देखाउँथे । आमनेसामने हुँदा पत्रकार मात्र होइन पियनसम्मसंग हात मिलाएर हालखबर सोध्थे । गाडी चलाइरहेका हुँदा पनि बाटोमा हिंडिरहेका कर्मचारीलाई सम्बोधन गर्थे । सम्मान गर्थे आउनुस् बसेर कफी खाउँ भन्थे ।’’

‘‘नयाँ  पत्रकार कर्मचारीका कुरा उनै जानुन्, पुरानाले नयाँ  मालिकहरूलाई देखभेट गर्नै पाउँदैनन् । प्रशासन प्रमुख श्रेष्ठबाट माथि पुग्ने वातावरण छैन । चित्त बुझे पनि नबुझे पनि तिनैसंग कुरा गर्ने । अरु विकल्प छैन । बरु सिंहदरवारमा च्यानल मिलाएर मन्त्री तथा  प्रधानमन्त्रीलाई भेटेर आफ्नो कुरा राख्न सकिएला । हिमालय टिभीका मालिक भेट्न त कुरै छोडौं हामी अगाडि पर्दा नमस्ते गर्दासमेत बाल दिंदैनन् । खै के को दम्भ होला मालिकहरूमा । अखिर मरिजाने चोला त हो । त्यसैले हामी पुराना पत्रकार कर्मचारी भन्न थालेका छौं– मिस यू ललित–च्याङ ।’’