🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धार्मिक पर्यटनका लागि वैदिक गुरुकुल

नुवाकोट, १८ माघ : जिल्लाका धार्मिकस्थललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ कविलासमा वैदिक गुरुकुल स्थापना गरिने भएको छ । पञ्चकन्या गाउँपालिका–२ कविलासको ब्रह्मक्षेत्रमा वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवन पद्धति पुनःस्थापनाका लागि स्वमूल्याङ्कन केन्द्र नेपाल स्थापना गरिने भएको छ । 

उक्त योजनालाई मूर्तरुप दिन आगामी फागुन १३–२१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको बृहत् ब्रह्मक्षेत्र विकास कार्यक्रम मूल समितिका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिए । वैदिक सनातन धर्म संरक्षण समाज र ब्रह्मक्षेत्र विकास कोषको आयोजनामा हुने श्रीमद्भागवत धनधान्याचल विराट् ज्ञान महायज्ञबाट आर्थिक स्रोत जुटाएपछि वैदिक गुरुकुल स्थापना गरिने वैदिक सनातन धर्म संरक्षण समाजका उपाध्यक्ष महेन्द्र ढकालले बताए । ढकालका अनुसार ७७ वटै जिल्लामा गुरुकुल विस्तार गर्ने योजना अघि सारिएको हो ।

मुलुकभर हाल सञ्चालनमा रहेका २ सय २५ गुरुकुलका मठमन्दिरको संरक्षण गर्न तथा वैदिक शिक्षा बोर्ड गठन गर्न समितिले सरकारसँग माग पनि गरेको छ । कविलास, ब्रह्मक्षेत्रमा विभिन्न ऋषिमुनिले परापूर्वकालमा तपस्या गरेको र स्वयं महादेवसमेत सो क्षेत्रमा ध्यान गर्न आएको तत्कालीन कविलास गाविसका पूर्वजनप्रतिनिधि लेखप्रसाद बोहोराले जानकारी दिए ।  

सनातन वैदिक परम्पराको मौलिक स्वरुप नेपालको गुरुकुलीय शिक्षा पद्धतिलाई जीवन्त बनाउने प्रयासको नुवाकोटमा थालनी भएको पं होमनाथ अधिकारीले बताए । (रासस)