🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सन् २०१८ मा २६ शान्ति सेना मारिए

जेनेभा, १८ माघ : सन् २०१८ मा संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ । 

राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु ८ जना सर्वसाधारण रहेका छन् । उनीहरु सबै जना घृणित आक्रमणमा परी मारिएको राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन दुजार्रिकले बिहीबार जानकारी दिए । यद्यपी, सन् २०१८ मा मारिनेहरुको संख्या पछिल्ला ५ बर्षमा सबैभन्दा कम भएको पनि उनले बताए । यो संख्या सन् २०१७ को भन्दा आधा कम हो । 

राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै ११ जना अफ्रिकी मुलुक मालीमा मारिएका छन् । त्यसपछि धेरै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ८ जना र मध्य अफ्रिकामा ७  जना मारिएको प्रतिवेदनमा उल्लेख छ । 

सन् २०१२ देखि अहिलेसम्म शान्ति स्थापना कार्यमा खटिएका मध्ये ३ सय ४४ जना विभिन्न आक्रमणमा परी मारिएको राष्ट्रसङ्घले जनाएको छ । (राससएजेन्सी)