🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कालीकाेटमा आगलागी, ३० घर जलेर नष्ट

सिञ्जा, ९ पुस । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । 

आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ । 

मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरीलाई त्यहाँ पुग्न चार घण्टाको समय लाग्ने भएकाले त्यहाँको क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

गए रातिदेखि टेलिफोन सम्पर्क पनि राम्रो नभएका कारण घटनाको सत्यतथ्य बुझ्न पनि निकै कठिन भएको छ । पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेको गाउँमा रहेका सबै घर जलेको हो । जिल्ला सदरमुकामबाट ३२ कोषको दूरीमा पर्ने उक्त बस्तीमा सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खटाइएको छ । 

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको छ । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए । रासस