विहेमा मूल्यवान वस्तुहरू दिएको त हामीले सुनेकै छौं तर सर्प । सायद पक्कै पनि छैनौं होला । विश्वमा अनेक संस्कृति चल्तीमा छ जसले बेलाबेलामा सबैलाई चकित पार्ने गरेको छ । हो यो संस्कार पनि छ जहाँ बिहेमा दाइजोको रुपमा बेहुलालाई विषालु सर्प दिइन्छ ।
हाम्रो छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित गौरिया समुदायमा प्रचलित रहेको छ, विहेमा सर्प दाइजो दिने प्रथा । सपेरो समुदायहरूले यो परम्परा प्राचीनदेखि निर्वाह गर्दै आएका छन् । यो समुदायमा बेहुलीका पिताले बेहुला पक्षलाई सगुनका रुपमा २१ वटा विषालु सर्प दिन्छन् । सपेरो समुदायमा सर्पको ठूलो महत्व छ । सर्प दाइजो दिएपछि तिनै सर्प नचाएर ज्वाइँले छोरी पाल्न सक्छ भन्ने विश्वास गरिन्छ । छोरीको विहे पक्का भएसंगै केटीका बुवा सर्पको खोजी गर्न थाल्दछन् र २१ वटा सर्प जम्मा पार्दछन् । बिहेको दिनसम्म २१ वटा सर्प जम्मा पार्न सकिएन भने तोकिएको दिनमा बिहे नै हुन सक्दैन । बिहेमा दाइजो दिइने सर्पहरू विभिन्न प्रजातिका विषालु सर्पसमेत हुने गर्दछन् ।



