धेरै मानिसहरू अजि¨र देख्दा निकै डराउँछौं । तर, इन्डोनेसियाको सुमात्रास्थित बताङ गनसाल जिल्लाको सुरक्षागार्डको रुपमा काम गर्ने रोबर्ट नबाबन भने डराउने व्यक्तिको सूचमा परेनन् । रोबर्टले २६ फिट लामो अजि¨रसँग एक्लै लड्ने चुनौती लिए र उनलाई केही गाउँलेले सहयोग पनि गरे । जसका कारण उनीहरू अजि¨र मार्न सफल भए । अझ गाउँलेले मृत अजि¨रलाई राम्रोसंग देखुन भनेर केही समय गाउँको रुखमा बाँधेर झुण्ड्याएर पनि राखियो । गाउँमा यस बर्षमात्रै १० पटक डरलाग्दा अजि¨र देखिसकिएको एक सरकारी अधिकारीले बताए । ती अजि¨रहरू मुसा र पानीको खोजीमा बाहिर निस्कन्छन् । खबरका अनुसार, गाउँलेले उक्त अजि¨रको मासु खाएको बताइन्छ । रोबर्टका अनुसार अजि¨रको मासु निकै स्वादिष्ट हुने र यसले मानिसहरूको रोग पनि निको पार्न सक्ने क्षमता रहेकोले गाउँले मानिसले पनि अजि¨र खाएको बताएका छन् ।



