🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नाटक ‘जुन त लग्यो ताराले’ को बारेमा केही जानाै

 बाध्यता, रहर अनि सपनाहरुले नेपाली समाजलाई जसरी एक्लो बनाइरहेछ र निरन्तर रुपमा एउटा मनहरु एक्लो बनिरहने अनि सधैं पर्खिरहने क्रम चलिरहेको छ । जुन राज्य अनि समाजले निर्माण गरेको विश्वास र संस्कार जसरी पनि स्थापित भएको छ । तर राज्य अनि समाज यो कुराबाट बेखबर बसिदिन्छ । त्यही क्रममा वैदेशिक रोजगार नै नेपाली समाजको समुन्नत बन्ने सुरु अनि अन्तिम विकल्प बनेको हो ।

यही कारणहरुले गर्दा सम्बन्धहरुमा भएको स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन छुटिरहेको छ । छुटेका त्यही एक्लो मनहरुले स्नेह, माया, साथ, विश्वास, महसुस, न्यानोपन खोजिरहेछ । नाटक ‘जुन त लग्यो ताराले’, यो त्यही छोडिगएका, छुटिगएका एक्लो मनहरुको कथा हो । छोडिगएका, छुटिगएका एक्लो सम्बन्धहरुको कथा हो ।

लेखक, निर्देशकको भनाई

म आफूभित्र भएका भोगाइ, महसुस अनि आफ्नै आँखाले देखेका तर बेवास्ता गरिएका साधारण कथाहरु भन्न रुचाउँछु र भन्नु पर्छ भन्ने पनि लाग्छ । यो नाटकमा भनिएको कथा ‘भन्छु’, भन्ने विचार मलाई पाँच, छ वर्षअघिदेखि नै आएको थियो । तर यसपटक मण्डला थिएटरले, ‘ल्याब १६ का प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउनुका साथै नाटक निर्देशन पनि गर्नुपर्नेछ’, भन्ने जिम्मेवारी सुम्पिनु भएपछि कथाहरु सोच्दै जाने क्रममा ‘यो कथा भन्छु’, भन्ने निर्णय लिए ।

नेपथ्यमा

पोस्टर/ब्रोसरः                अमिर ताम्राकार

कोरियोग्राफीः                 संजीव महर्जन र प्रतिमा तामाङ

मञ्च परिकल्पनाः             मणि कुलुङ राई

प्रकाश परिकल्पनाः            इँगिहोपो कोँइच सुनुवार

प्रकाश परिचालनः             जीवन ठाकुर

संगीत/शब्दः                 सागर खाती कामी (पिलो प्लानर)

प्रत्यक्ष संगीतः                सागर खाती कामी (पिलो प्लानर), रेज्मी राई र साईरस विश्वकर्मा

प्रचार/मञ्च व्यवस्थापन/ल्याब संयोजनः सुजन घिमिरे

निर्देशन सहयोगीः             सुमित्रा पेहिम

लेखन/परिकल्पना/निर्देशनः    इँगिहोपो कोँइच सुनुवार

आफै प्रशिक्षार्थी भएर प्रशिक्षण प्राप्त गरेको ठाउँमा रंगमञ्चको यात्रा गरिरहँदा आफै प्रशिक्षक भएर नाटक निर्देशन गर्न पाउनु मेरो लागि अकल्पनीय सौभाग्य अनि अवसर सृजना भएको छ । जुन कुराले म औधी खुसी छु ।

मलाई विश्वास गर्नुहुने मण्डला थिएटर समूह, व्यवस्थापक समूह, पिलो प्लानर साथै यति लामो समयसम्म मलाई विश्वास गरेर मेरो कुरा सुनिदिनु हुने ल्याब १६ का प्रशिक्षार्थीहरु अनि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ दिनुहुने हितकारी मनहरु सम्पूर्णमा नमन अनि अनेकौं धन्यवाद ।

– इँगिहोपो कोँइच सुनुवार

मञ्चमा

उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, बिनोद राहुँ मगर, मेनुका माझी, बद्रि प्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, संजीव महर्जन, साईरस विश्वकर्मा, रेज्मी राई, बिप्लव लोहनी, राजीव बोहरा, प्रेम देव विश्वकर्मा, बिजया अधिकारी, अग्नि सुवेदी, रोजेन सुन्दास, अविनास डि मगर, ईन्द्र राई ।

ल्याब १६ का प्रशिक्षकहरु

विशाल क्षेत्री, तीर्थ विश्वकर्मा, पशुपति राई, विकाश जोशी, बुद्धि तामाङ, उमेश तामाङ, विजय बराल, रिजन केसी र इँगिहोपो कोँइच सुनुवार