यो विचित्र घटना छिमेकी मुलुक भारतकै राजस्थान राज्यको पालीमा भएको हो । बेहुला–बेहुलीको वरमाला सकिएपछि फेरो लिने क्रममा बेहुलीले पेट दुखाई र उल्टीको बहाना बनाएर भागेपछि बेहुला १३ दिनसम्म बेहुलीको पखाईमै ससुरालीमै बसेका हुन् । पेट दुखाई र उल्टीको बहाना गरेर ती बेहुली आफ्नो प्रेमीसँग फरार भएकी थिइन् । बेहुली पेट दुखेको भनेर जग्गे छाडेर हिंडेको र नफर्किएपछि हल्लीखल्ली मच्चिएको थियो ।
यो घटना गत मे ३ को हो, जब सेगा गाउँबाट जन्ती लिएर बेहुला बेहुलीको घरमा पुगेका थिए । घरमा वैवाहिक कार्यक्रम चलेको थियो । विवाह हुँदाहुँदै बेहुली प्रेमीसँग भागेको बेहुलाले थाहा पाएपछि बेहुलीको पर्खाइमा ती बेहुला १३ दिनसम्म बेहुलीकै घरमा बसेका थिए । अन्तत बेहुलीको बुवाले बल्लतल्ल प्रेमीसँग छुटाएर १३ दिनपछि घर फिर्ता ल्याएर गत मे १६ मा विवाह सम्पन्न भएको छ । (एजेन्सी)



