🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उपेन्द्रले ठुलो भाग खोज्दा ट्वाँ…!

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो  अंकगणितलाई बार्गेनिङको टुल्स बनाइरहेका छन् ।  सत्ता गठबन्धन  समस्या परेका कारण उनले उक्त प्रयास गरेका हुन् । राष्ट्रियसभामा  तीन सीट रहेको जसपाले राज्य शक्तिमा दह्रो हिस्सा खोजेको छ । उपेन्द्र यादवको त्यही  तीन सीट सरकारका लागि  भने निकै महत्वको रहेको छ । 

यादवले एमाले र कांग्रेससँग मधेशको मुख्यमन्त्रीका लागि दावी गरेको थियो । मुख्यमन्त्री पाउने अवस्थामा आफूले अध्यादेश पारित गर्न सहयोग गर्ने आश्वासन दिएको थियो । मुख्यमन्त्रीको अलवा संघीय सरकारमा उपप्रधान मन्त्री पनि दाबी गरेको थियो । प्रधानमन्त्री केपी ओली त्यही  कुरा स्वीकार्न भने मानिरहेका छैनन् । मुख्यमन्त्रीमा बरु कांग्रेसले दावी गरेको छ ।

यिनै दावी र वार्गेनिङका कारणले पनि उपेन्द्र यादवलाई दिन प्रधानमन्त्री ओली तयार भइसकेका छैनन् । त्यसैले जसपा नेपाल र अध्यक्ष उपेन्द्र यादव ट्वाँपर्ने अवस्था आइपर्ने भएको छ । एमाले र कांग्रेस सीके राउतका पार्टीका मुख्यमन्त्री सतिश सिंहलाई विदा गर्न भने तयार देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उपेन्द्र यादवको सम्बन्ध विग्रिएका बेला नै प्रधानमन्त्री ओलीले अध्यादेशमा साथ पाउने आश गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भनेजस्तो  सहजै सहमति  जनाउन तयार नभएका कारण प्रधानमन्त्री ओली भने अप्ठ्यारोमा रहेका छन् । 

अध्यादेश पारित नभएको अवस्थामा सरकारलाई नैतिक दबाब पर्नेछ । त्यो नैतिक दबाबाट उम्किनका लागि प्रधानमन्त्री ओलीले विभिन्न रणनीति अख्तियार गर्ने तयारी गरेका छन् । यादवले उपप्रधानमन्त्रीसहित दुुईवटा  मन्त्रालय  मागेको चर्चा पनि चलेको थियो ।  यो चर्चाका वीचमा मुख्यमन्त्री पनि थपिएको हो । यसले गर्दा प्रधानमन्त्री ओली चाहिँ पछिल्ला दिनमा यादवलाई साथ नलिई एसलाई फकाउने  रणनीतिमा रहेको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)